Thu. Mar 28th, 2024

बीपी जयन्तीकाे अवसरमा धादिङ काङग्रेसको चियापान

२४ भाद्र, धादिङ-

नेपाली कांग्रेस धादिङले महामानव स्व. बीपी कोइरालाको १०५ औं जन्म जयन्तीको अवसर पारेर जिल्ला पार्टी कार्यालयमा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेस धादिङका नेता तथा कार्यकर्ताहरू, पत्रकार, उद्योगी व्यावसायी, कर्मचारी र नेपाली कांग्रेसका शुभचिन्तक एवं सर्वसाधारणहरूको सहभागीतामा चियापान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली कांग्रेसले आफ्नो संस्थापक नेताहरूको जन्मजयन्ती र स्मृति दिवसमा विभिन्न रचनात्मक क्रियाकलापहरू गर्दै आएको छ । कहिले राजनीतिक विषयमा बहस र छलफल, कहिले सार्वजनिक स्थलमा बृक्षरोपण त कहिले विभिन्न अस्पतालमा उपचाररत बिरामी हरूलाई फलफुल वितरण गरेर आफ्नो संस्थापक नेताहरूलाई सम्झिदै आएको नेपाली काँङग्रेस धादिङले विपी जयन्तीको अवसरमा भने नेपाली राजनितिक इतिहासमा विपि कोइरालाको योगदानको चर्चा गदै चियापान कार्यक्रम गरेको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको आयोजनामा भएको उक्त चियापान कार्यक्रममा नेपाली कांग्रेस धादिङका कार्यवाहक सभापति श्री भक्तबहादुर लामाले अध्यक्षता गरेका थिए । लामाले कार्यक्रम मन्तब्य राख्दै बीपी कोइरालाको राजनैतिक जिवनको चर्चागर्दै नेपाली राजनितिमा विपिको योगदानको चर्चा गरेका थिए ।

वि. स. १९७१ साल भाद्र २४ गते जन्मिएका स्व. बीपी कोइरालाको प्रमुख अगुवाईमा नेपालमा तत्कालीन राणाशासनको बिरूद्धमा प्रजातन्त्र स्थापनाका लागी बि. स. २००३ सालमा नेपाली कांग्रेस पार्टीको स्थापना भएको थियो । नेपालमा प्रजातन्त्र स्थापना गर्ने र जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउदैं समाजवादी नीति अनुसार नेपाली जनतालाई सुखी र समृद्ध बनाउने मुल उदेश्य लिएर स्व. कोइरालाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेस पार्टीले नेपालको विभिन्न कालखण्डमा प्रजातन्त्र र लोकतन्त्र स्थापनाको लागी गरिएको जनआन्दोलनहरूकोमुल नेतृत्व गरेको थियो ।

चियापान कार्यक्रममा कार्यक्रममा पूर्व सांसद एवं नेपाली कांग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारी, नेपाली कांग्रेस धादिङका नेता एवं नीलकण्ठ नगरपालिकाको प्रमुख श्री भीमप्रसाद ढुङ्गाना, नेता फणिकान्त छत्कुली, नन्दप्रसाद रिजाल, जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो ।

साथै आश्विन २ गते गणेशमान स्मृति दिवस र ३ गते संबिधान दिवसमा पनी रचनात्मक कार्यक्रम गरिने काङग्रेस धादिङका जिल्ला सदस्य नवराज तिमल्सिनाले जानकारी दिए ।

२०७५ भदौ २४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: