Sat. Nov 2nd, 2024

अन्नबाली बादरले सखाप पारेपछि किसानहरु चिन्तित

badar
धादिङ – कृषकले लगाएको अन्नवाली बाँदरले नष्ट गर्ने गरेपछि मुरलीभज्याङ र चैनपुर गाविसका किसानहरुले यसबर्ष केहि पनि अन्नवाली नलगाउने निर्णयमा पुगेका छन् ।

हुलमा आउने बाँदरले खेतबारीमा लगाएको अन्नबाली नष्ट गर्ने र घरमा भएको खानेकुरा समेत खाइदिने भएपछि अहिले त्यहाँका कृषहरु समस्यामा परेका छन् । चैनपुर गाविसको सालबास, अलैचे, ज्यामिरेभञ्ज्याङ लगायत आसपासका गाउँमा बाँदरले आतंक मच्चाउँदै आएको ६ बर्षहुँदा पनि नियन्त्रणको लागी केहि प्रयास भएको छैन । बाँदरकै कारण अहिले आफुले खेतीपातीनै गर्न छोडेको मुरलीभज्याङ गाविसका शिव लम्सालले बताउनुभयो । अन्नबालि भित्राउने समयमा बाँदर आएर सखाप पार्ने गरेपछि कृषि पेशा गरेर परिवार पाल्नेहरुलाई समस्या पर्ने गरेको छ ।

कृषि पेशामा नै निर्भर रहने परिवार पाल्नेहरुलाई अहिले बाँदर ठुलो चुनौत बनेको छ । जंगली जनावर बाँदर यिन्त्रणको लागी सरकारले कुनै वास्ता नगरेको भन्दै लस्सालले अब आफुहरु गाउँ छोडेर हिड्नु पर्ने अवस्था आएको गुनासो गर्नुभयो । बाँदर नियन्त्रणको लागी विभिन्न सरकारी संघ–संस्थाहरुमा आफुहरु गएपनि कसैले वास्ता नगरेको कृषकहरुको गुनासो रहेको छ ।

About The Author

अन्य समाचारहरु: