Thu. Apr 25th, 2024

सञ्चारिका समुहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत


३१ भदौ, ललितपुर –

सञ्चारिका समुहको अध्यक्षमा नितु पण्डित सर्वसम्मत भएकी छन् । सञ्चारिका समूहको २२ औंं वार्षिक साधारण सभा तथा सातौं महाधिवेशनले पण्डितको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी, कोषाध्यक्षमा सीमा शर्मा रहेका छन् ।

यस्तै सदस्यहरुमा कृति भट्टराई, पवित्रा सुनार, रुवी रौनियार, उर्वसी बस्न्यात, दुर्गा कार्की, बसन्ती बास्तोला, कविता थापा र सञ्चिता घिमिरे सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमको अवसरमा चार पत्रकार पुरस्कृत भएका छन् । सञ्चारिकाले यस वर्षको ‘सञ्चारिका समानता पुरस्कार २०७४’ पत्रकार सन्त गाहा मगरलाई प्रदान गरेको छ । समूहले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार मगरले हिमाल खबर पत्रिकामा लेखेका ’समाज नै संवेदनाहीन’ फिचरको लागि दिइएको हो । उक्त पुरस्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी समूहले २०७४ सालको स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७४ अछाम जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार गीता कुँवरलाई प्रदान गरेको छ । पत्रकार कुँवर अछामबाट अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको लागि रिपोर्टिङ गर्छिन् । उक्त पुरस्कार स्व. पत्रकार उमा सिंहको नाममा स्थापना गरिएको र महिला पत्रकारलाई पेशामा थप उत्साह बढाउनका लागि २०६६ सालमा स्थापना भएको थियो । उक्त पुरस्कारको राशि ७ हजार एक सय ११ रुपैयाँ रहेको छ ।

सञ्चारिका प्रोत्साहन पुरस्कार २०७४ देशसञ्चार अनलाइनमा कार्यरत वर्षा शाह र कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिल्पा कर्णलाई प्रदान गरेको छ ।

२०७५ भदौ ३१ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: