Fri. Mar 29th, 2024

सुविन भट्टराईको ‘प्रिय सुफी’ सार्वजनिक

 

लोकप्रिय लेखक सुविन भट्टराईको पाँचौं कृति ‘प्रिय सुफी’ विमोचन गरिएको छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा लेखक भट्टराईसहित अभिनेत्री आँचल शर्मा, गायिकाहरु शीतल मोक्तान र शिवानी मोक्तानले पुस्तक विमोचन गरे ।

कार्यक्रममा मोटिभेसनल स्पिकर गणेश अगम ढुंगानाले आफूले उक्त पुस्तक एकै बसाइमा सकेको प्रतिक्रिया दिए । साथै पुस्तकले लभलाई रिडिफाइन गरिदिएको समेत दाबी गरे । पुस्तकले सबैलाई मोटिभेटसमेत गर्ने उनको दावी छ । पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो ।

कार्यक्रममा लेखक भट्टराईले यसअघिका पुस्तकलाई जस्तै सुफीलाई पनि सबैले मन पराउनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा फाइनप्रिन्टका अजित बरालले नयाँ लेखकलाई परिचय गराएका थिए ।

उनले दार्जिलिंङका लेखक छुदेन काविमोलाई आगन्तुकसमक्ष चिनाएका थिए । साथै उनको नयाँ पुस्तक दशैंपछि आउन लागेको उनले जानकारी गराए । कार्यक्रममा सांगीतिक प्रस्तुतिसमेत रहेको थियो ।

२०७५ असोज ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: