Tue. Jan 14th, 2025

धादिङ कल्लेरीका अर्जुन भुजेलको मलेसियामा मृत्यु

६ बैशाख,  धादिङ  – मलेसियाको जोहर फ्लेक्ट्रोनिक कम्पनीमा कार्यरत धादिङ कल्लेरीका अर्जुन भुजेलको आइतबार विहान मलेसियामा मृत्यू भएको छ ।

आफू बस्ने कोठाबाट बसमा चढेर साथीहरुसँगै काममा लागि कम्पनीमा पुगेपछि अचानक बेहोस भएर ढलेका अर्जुनको मृत्यु भएको हो । सोही कम्पनीमा कार्यरत नेपाली ईश्वर मगरका अनुसार बेहोस भएका अर्जुनलाई अस्पताल पु¥याइएको थियो । अस्पतालमा उनको मृत्यू भएको घोषणा गरिएको मगरले जानकारी दिनुभयो । धादिङको कल्लेरी गाउँ विकास समिति वडा नम्बर ६ खरीढुंगाका पशुपति भुजेलका २३ वर्षिय छोरा भुजेलको मृत्यूको कारण भने खुल्न सकेको छैन ।

मलेसिया जानु अघि पोखरा बस्दै आएका अर्जुनले गत असारमा धादिङ साखुमा विवाह गरेका थिए । विवाहको एक हप्तापछि रोजगारीका लागि विदेशिएका भुजेलको निधनले परिवार र छिमेकीहरु शोकमा परेका छन् ।

About The Author