Wed. Sep 11th, 2024

एयरबस फेरि थन्कियो

NAC_Airbus_china_987671130

काठमाडौं – नेपाल वायुसेवा निगमको नयाँ एयरबस जहाज ए ३२० तीन दिनदेखि थन्किएको छ। गत माघ २५ गते नेपाल भित्रिएको एयरबस शुक्रबार बिहान दिल्ली पुगेर फर्किएपछि दूरी मापन गर्ने यन्त्र ९डिस्टेन्स मेजरिङ इक्युपमेन्ट बिग्रिएका कारण थन्किएको हो।

निगम स्रोतका अनुसार न्यूनतम इक्युपमेन्ट लिस्ट अपडेट नभएकाले डिस्टेन्स मेजरिङ इक्युपमेन्ट ९डीएमई० नबनाउँदासम्मका लागि जहाज थन्किएको छ।

लिस्ट अपडेट भएको भए डीएमई बिग्रिएको थाहा हुन्थ्यो र समयमै मर्मत गर्न सकिन्थ्योु, स्रोतले भन्यो। मर्मत गर्न नसक्दा शुक्रबारदेखि जहाज ग्राउन्डेड भएको निगम स्रोतले जानकारी दिएको छ।

निगम व्यवस्थापनको सानो लापर्बाहीका कारण नयाँ जहाज ग्राउन्डेड भएको यो दोस्रो पटक हो। यसअघि नियमित फेर्नुपर्ने फ्युल फिल्टर नफेर्दा फागुन २५ गते एयरबस पहिलोपटक ग्राउन्डेड भएको थियो। अहिले पनि नियमित चेकलिस्टमा न्यूनतम आवश्यकताको यो यन्त्रलाई उल्लेख नगरेका कारण जहाज ग्राउन्डेड भएको हो।

एयरबस उड्न नसकेपछि शनिबार बिहानको दिल्ली उडान र हङकङ उडान बोइङले गरेको निगमले जानकारी दिएको छ। बोइङको उडान नभएको समयमा एयरबस बिग्रिएकोले उडानमा कुनै समस्या नभएको निगमले बताएको छ।

निगमसँग एउटामात्र जहाज हुनु र जगेडा पाटपुर्जा नभएकाले सानातिना समस्या आउँदा पनि एयरबस ग्राउन्डेड हुनेगरेको निगमका प्रवक्ता रामहरि शर्माले बताए।

उनका अनुसार एयरबसको उडान बोइङ ७५७ एसीबीले गरेको छ। मेसिनरी वस्तु भएकोले सानोतिनो समस्या आउनु सामान्य भएको निगम स्रोतले बतायो।
एयरबस भर्खरै भित्रिएकोले यसको विज्ञ जनशक्ति नहुनु र हरेक पाटपुर्जा जगेडा राख्न नसकिने पनि निगमको भनाइ छ।

धेरैवटा जहाज भएको भए सानोतिनो समस्या आउँदा एउटाको उडान अर्कोले गर्थ्‍यो, यस्ता समान्य विषय बाहिर नै आउँदैनथे। निगमसँग एउटामात्र जहाज भएकाले सानोतिनो समस्याले पनि उडान प्रभावित भइहाल्ने गरेको निगमको बुझाइ छ। अन्नपूर्ण अनलाइनबाट

About The Author

अन्य समाचारहरु: