Thu. Mar 28th, 2024

नौ करोडको कारोबार गर्दै सकियो औद्योगिक व्यापार मेला

1 (3)
८ बैशाख, भक्तपुर – भक्तपुरको सल्लघारीमाआयोजना भएको १२ दिने औद्योगिक व्यापार मेलामा ९ करोडको कारोवार गरी सकिएको छ ।

औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाईज व्याण्डले गत चैत्र २७ गतेबाट सुरु गरी मंगलबार सम्पन्न मेलामा कूल चार लाख जनाले मेलाको अवलोकन गरेका संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।

मेलामा दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, कृषिका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु गरि २१० वटा स्टल रहेको थियो ।

मेलामा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म सामानमा छुट दिएपछि मेलामा भीड लागेकोले ११ दिने मेलामा मंगलबारसम्म थप गरि १२ दिन पुर्याईएको थियो ।
मेलामा रामकृष्ण ढकाल, कोमल ओली, बाबु बोगटी, द एक्स व्याण्ड, अञ्जु पन्त, धिरज राई, सुगम पोखरेल, गुल्मी गाईज, बद्री पंगेनी, घमेश दुलाल, हेमन्त शर्मा, ज्योति मगर, लगायत दर्जनौ व्याण्डले सांगीतक प्रस्तुती दिएका थिए ।

त्यसैगरि मनोज गजुरेल, दमन रुपाखेती, निरु खड्का (ठ्यास कुमारी), जादुगर महादेव त्रिपाठी, ज्योती काफ्ले (नक्कली बाबुराम), होचा कलाकार दिपेन्द्र शाह लगायतका कलाकारहरुले हास्य व्यंग्य प्रस्तुती गरेका थिए । र दिनदिनै मनोरञ्जन प्रदान गर्नुहुनेछ । मेलामा बाल उद्यान, रोटी पिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका लगायतका मनोरञ्जन दिएको कार्यक्रमका निर्देशक सुनिल बज्राचार्यले जानकारी दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: