Thu. Mar 28th, 2024

गुनासो पछि धादिङका पसलेहरुको ढकतराजु चेकजाँच

 

dhak taraju s

८ बैशाख,  धादिङ – उपभोक्ताहरु ठगिएको गुनासो आउन थालेपछि गुणस्तर तथा नापतौल विभागले धादिङमा ढक तथा तराजुहरुको चेकजाँच सुरु गरेको छ ।

व्यापारीहरुले कम तौलका ढक तराजु प्रयोग गरी सामानहरुको विक्रि वितरण गरेको उपभोक्ताहरुले गुनासो गरपछि सदरमुकाम धादिङबेसीका व्यापारीहरुले प्रयोग गरिरहेका ढकतराजुको अनुगमन र चेकजाँच सुरु गरेको हो ।

पसलेहरुले प्रयोग गरिरहेको ढक तराजु वर्षको एक पटक चेकजाँच गर्नुपर्ने भएपनि लामो समयदेखि चेकजाँच हुन सकेको थिएन ।

नापतौल विभागले यस पटक भने बार्षिक कार्यक्रम अनुसार नै चेक जाँच सुरु गरेको गुणस्तर तथा नापतौल विभागका निरिक्षक मौनता मानन्धरले बताउनुभयो । अनुगमन टोलीले ढकतराजुको अन्तराष्ट्रिय मापदण्ड अनुसारको तौल भए नभएको हेर्ने र कम भएको खण्डमा ढकतराजुको तौल मिलाइदिने मानन्धरले बताउनुभयो ।
धादिङवेशीमा ढक तराजुको चेकजाँच तिन दिनसम्म हुने र जिल्लाका सवै व्यापारीहरुलाइ ढकतराजुको चेक जाँच गराएर मात्र व्यापार गर्न गुणस्तर तथा नापतौल विभागले अनुरोध गरेको छ । उपभोक्ताहरुले भने चेकजाँच बजार केन्द्रित भएको भन्दै ग्रामिण क्षेत्रका बजारहरुमा पनि हुनुपर्ने स्थानियहरुले माग राखेका छन ।

About The Author

Loading...

अन्य समाचारहरु: