Thu. Mar 28th, 2024

वायु प्रदूषणले ज्यान जाने वार्षिक ७० लाख

१३ कात्तिक, काठमाडौं

वायु प्रदूषण विश्वकै लागि टाउको देखाइको विषय बनिरहेका बेला झण्डै ७० लाखले यसकै कारण ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ । यसरी ज्यान गुमाउनेमध्ये करिब ६ लाख बालबालिका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार सार्वजनिक गरेको तथ्यांकमा वायु प्रदूषणका कारण हरेक वर्ष १५ वर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ ।

संगठनका अनुसार पाँच वर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदूषणका कारण श्वास प्रश्वासमा समस्या हुने गरेको छ ।

प्रदूषणका कारण वर्षिक छ लाख बालबालिकाको मृत्यु हुने यो तथ्यांक सन् २०१६ को भएको समाचारमा जनाइएको छ ।‘यो अक्षम्य छ, सबै बालबालिकाले स्वस्छ स्वासप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,’ डब्लुएचओले भनेको छ ।

तथ्यांक अनुसार प्रत्येक दश जनामध्ये नौ जनाले प्रदूषित स्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक वर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको छ ।वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक दश जनामध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ ।

वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।

२०७५ कात्तिक १३ गते  प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: