Sun. Jun 16th, 2024

अपडेट : झाप्लेखोलामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

accident 3 copy
९ बैशाख धादिङ – त्रिभुवन राजपथको नौविसे नागढुङ्गा सडक खण्ड अन्तर्गत धादिङको नौविसे स्थित झ्याप्ले खोलामा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

काठमाण्डौबाट गोरखपुरतर्फ जाँदै गरेको दुई तले भारतिय जीजे १४ एक्स ९९०० नम्बरको बस सडकबाट करिब २ सय मिटर तल खसेको हो । दुर्घटनामा २८ जना भन्दा बढि घाइते भएका छन् ।

accident 5 copy

८ जना महिला र ९ जना पुरुष गरी १४ जनाको घटनास्थलमै र ३ जनाको उपचारको लागि काठमाण्डौ लगिदै गर्दा मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सबै भारतीय नागरिक रहेको ईलाका प्रहरी कार्यलय खानीखोलाले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई नेपाल प्रहरी र शसस्त्र प्रहरी टोलीले उद्धार गरेको छ ।

accident 2 copy

अझै केही यात्रु सम्पर्कमा नरहेको उद्धारमा शसस्त्र प्रहरी बल निल बाराही गण काठमाण्डौका प्रहरी उपरिक्षक कालीदास भौबुजी जानकारी दिनुभएको छ । बस भिरमा अड्किएकोले अझै केही यात्रु चेपिएकोले उद्धारमा कठिनाइ भएको भौबुजीले जानकारी दिनुभयो ।

घाइतेहरुको क्षिक्षण अस्पताल महाराजगञ्ज, नर्भिक अस्पताल लगायतका अस्पतालहरुमा पु¥याइएको छ । ओरालो सडकमा अगाडिको सवारी उछिन्ने क्रममा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

accident 4 copy

काठमाण्डौबाट पशुपतिनाथ दर्शन गरेर गोरखपुर तर्फ फर्किएको बस नागढुङ्गाबाट केहीबेर ओरालो झरेपछि दुर्घटना भएको हो ।

accident 6 copy

 

About The Author

Loading...

अन्य समाचारहरु: