Sun. Jun 16th, 2024

नेवाःपत्रकार राष्ट्रिय दबुःको जिल्ला अधिवेशन सम्पन्न

१० बैशाख, धादिङ । नेवाः पत्रकार राष्ट्रिय दबुः धादिङको जिल्ला भेला विहिबार धादिङवेशीमा सम्पन्न भएको छ । आगामी जेठमा हुने केन्द्रिय अधिवेशनको लागि जिल्लामा भेला गरिएको हो ।

भेलालाई सम्बोधन गर्नुहुदै नेवा पत्रकार राष्ट्रिय दबुः का केन्द्रिय सदस्य शिला सायमीले नेवार जातीको भाषा सस्कृति जगेर्नाको लागि पत्रकारहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । प्रचार प्रसारको कमीले पछिल्लो समय नेवार जातीको सस्कृति, रहन सहन हराउँदै गएकोले त्यसको जगेर्नाको लागि यूवा पुस्ता सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।

पत्रकारिता क्षेत्रको विकाससंगै नेवारी सस्कृति र रहन सहनको उचित प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले सस्था गठन गरिएको नेवा पत्रकार राष्ट्रिय दबु धादिङका अध्यक्ष शंकर श्रेष्ठले बताउनुभयो । नेवार समुदायको हक हित संरक्षण र पत्रकारीता क्षेत्रमा देखिएका समस्या समाधानको लागि पनि नेवा पत्रकार राष्ट्रिय दबुः लागिपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

IMG_8855भेलामा नेवा पत्रकार राष्ट्रिय दबुः का केन्द्रिय सदस्य एवं काठमाण्डौ जिल्लाका अध्यक्ष नातीबाबु महर्जन, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज  छत्कुली, झिगु नेवा समाज धादिङका महासचिव राजकुमार श्रेष्ठ, आदिवासी जनजाती महासंघ जिल्ला समन्यवय परिषद धादिङका अध्यक्ष हरिशंकर गिदेल मगर, उपाध्यक्ष विना मम्वा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज धादिङका अध्यक्ष ठाकुर गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । शुभकामना दिने क्रममा अतिथिहरुले नेपालमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका विषयमा पनि नेवा पत्रकार राष्ट्रिय दबुः लाग्नुपर्ने बताएका छन् । जिल्लामा क्रियाशिल नेवार पत्रकारहरुको भेलाले गत एक महिना अघि सात सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: