Thu. Mar 28th, 2024

लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदैँ

Jana-Aandolaan62_63_loktantra

११ बैशाख,  काठमाडौँ – आज लोकतन्त्र दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

विसं २०६२ र ६३ को आन्दोलन २०६३ साल वैशाख ११ गते सफल भएको दिनलाई लोकतन्त्र दिवसका रूपमा मनाइन्छ । १० वर्षसम्म सशस्त्र सङ्घर्षरत माओवादीलाई पनि शान्तिपूर्ण आन्दोलनमा ल्याउने आधारका रूपमा रहेको यो आन्दोलनलाई नेपालको राजनीतिक यात्रामा अत्यन्त महत्वपूर्ण रूपमा लिइन्छ ।

यसैका जगमा तत्कालीन नेकपा (माओवादी) र सरकारबीच विस्तृत शान्ति सम्झौता सम्पन्न गरी जारी गरिएको नेपालको अन्तरिम संविधान २०६३ र नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको घोषणा गरिएको थियो ।
देशलाई समृद्धिको मार्गमा उन्मुख गराउन संविधानसभा सम्मको यात्रा यही आन्दोलनको उपलब्धि स्वरूप अघि बढे पनि अबरुद्ध संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पु¥याउनु अहिलेको मुख्य चुनौती बनेको छ । लोकतन्त्र संस्थागत हुन नसकेकोमा आम नागरिक निराश बनेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: