Sat. Jun 22nd, 2024

नेपाल यू-१४ गर्ल्स च्याम्पियनसिपको फाइनलमा

Nepal-U-14-Girls

११ वैशाख, काठमाडौं – काठमाडौंमा जारी एएफसी यु–१४ क्षेत्रीय महिला फुटबल खेलमा नेपाल फाइनलमा पुगेको छ ।

शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा चिरपरिचित प्रतिस्पर्धी भारतलाई पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपाल १–० ले विजयी भयो ।

खेलको ४६औै मिनेटमा निर्मला उपाध्यायले गरेको गोल नै नेपाललाई जिताउन निर्णायक गोल बन्यो । यसअघि नेपालले समूहमा शतप्रतिशत नतिजा निकाल्नेक्रममा इरान, माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।

फाइनलमा नेपालले इरान र बंगलादेशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । 

About The Author

Loading...

अन्य समाचारहरु: