Thu. Jun 13th, 2024

बालविकास केन्द्रका सबै विद्यार्थीलाई कापीकलम

copy
धादिङ – उत्तरी धादिङको लापा गाँउ विकास समितिको तिम्लामा रहेको बालविकास केन्द्रमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक साम्रगी वितरण गरिएको छ ।

सदरमुकाम धादिङबेसीबाट विकटमा रहेको तिम्ला माध्यामिक विद्यालय अन्तरगत रहेको तिम्ला बाल विकास केन्द्रका सबै विद्यार्थीहरुलाई पुग्ने कापी कलम शुक्रबार उपलब्ध गराइएको हो ।

सदरमुकाम धादिङबेससीबाट तीन दिनको पैदल दुरीमा पुग्न सकिने विद्यालयका लागि ६० हजार रुपैया बराबरको सामाग्री बालविकास केन्द्रलाई हस्तान्तरण गरिएको हो । सिंगापुर नागरिक वाङटिङ सनले बालविकास केन्द्रका लागि आवश्यक कापी कलम र खेलकुदका सामाग्री उपलब्ध गराउनुभएको हो । उहाँले १ सय ३५ बालबालिकाहरु रहेको बालविकास केन्द्र निर्माणका लागि यसअघि ९ लाख रुपैयाँ उपलब्ध गराइ भवन निमार्ण गरी सक्नु भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: