Sat. Apr 20th, 2024

धादिङको गजुरीमा ट्रकले ठक्कर दिदा पैदलयात्रीको मृत्यु

२० मंसिर, धादिङ –

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका १ गजुरी बजारमा ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । बिहीबार दिउँसो काठमान्डौबाट मुग्लिन जाँदै गरेको ना ६ ख ७६२३ नम्बरको ट्रकले ठक्कर दिदाँ एक महिलाको घटना स्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुने अन्दाजी ४० बर्षीय महिलाको सनाखत हुन सकेको छैन । शवलाई पोष्ट मार्टमको लागि गजुरी अस्पताल पठाईएकोे छ ।  ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

२०७५ मंसिर  २० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: