Thu. Oct 10th, 2024

मौका छोपेर यात्रु ठग्दै राजमार्गको होटल

hotal       सरिता श्रेष्ठ, धादिङ : महाभूकम्पपछि जिल्ला फर्कने यात्रुहरुको चाप बढेसंगै राजमार्गका होटलहरुले खाजा खाजा लगायत खानेकुराहरुको मुल्य मनपरी असुल्ने गरेको पाइएको छ । घाइते र विरामीको उद्धारमा सम्पूर्ण शक्ति लागेको बेला होटल व्यवसायीहरुले आफुखसी मूल्य वृद्धि गराएका हुन् ।
भुकम्पपछि घर फर्कने यात्रुहरुसंग पृथ्वी राजमार्गको नौविसे देखि मलेखु सम्मका अधिकांश होटलहरुले खानेकुराको मुल्यमा दोब्बर सम्म बढि असुल्ने गरेको यात्रुहरुले बताएकाले छन् ।
होटलहरुले सामान्य सादा खानाको मुल्य १ सय ३० रुपैयाँ र मासु खानाको मुल्य २ सय ५० लिने गरेका छन् ।
४५ रुपैयाँ पर्ने जुसको मुल्य १ सय ५० रुपैयाँ, १५ रुपैयाँपर्ने एक पाकेट चाउचाउको ३० रुपैयाँ, एक चिरा काक्रोको मुल्य ५० रुपैयाँ सम्म असुलेका छन् ।
प्रशासन र अनुगमनको निकाय भूकम्प पीडिततिर लागेको बेला होटलवालाहरुले मौका छोपेर अत्याधिक मूल्यावृछि गराएको काठमाण्डौबाट बुटवल जाँदै गर्नुभएका यात्रु गोल्डेन डेविट सेनले गुनासो गर्नुभयो । पृथ्वी राजमार्ग अन्तर्गत भुमेस्थान गाविसको चालिसेमा रहेको होटल हिराचनमा भेटिनुभएका सेनले एक चिरा काक्रोलाई ५० रुपैयाँ तिर्नु परेको र एक प्याकेट चाउचाउको ३० रुपैयाँ तिर्नु परेको बताए । खाइहालियो पछि पैसा सोध्दा धेरै भन्यो, दोहोरो कुरा गर्नै पाइदैन, भोग लाग्छ नखाइ हिड्न पछि सकिदैन । उहाँले गुनासो गर्नुभयो ।
खयरघारीमा रहेको कान्तिपुर होटलले पनि सामान्य मासु खानाको २ सय ५० रुपैयाँ असुलेको यात्रुहरुले बताएका छन् । पानी किन्न गएका यात्रुहरुलाई पानी छैन भन्दै जुस नै ििकन्न बाध्य गराउने गरेको फेला परेको छ । कान्तिपुर होटलले ६० रुपैयाँ पर्ने जुसको मुल्य १ सय २५ रुपैयाँ लिने गरेको छ ।
काठमाण्डौमा बस्न सकिएन, यता गाडीहरुले मनपरी भाडा असुलेर ठगिरहेको छ अर्काे बाटो हिँड्दा खाना खाजा खुहाउने होटलहरुले ठगिरहेको छ काठमाण्डौबाट हेटौडा जाँदै गर्नुभएका एक महिला यात्रुले गुनासो सुनाउनुभयो ।

About The Author

अन्य समाचारहरु: