Sat. Jul 20th, 2019

राजदूत वर्खास्त गर्ने निर्णय भएको छैन: परराष्ट्र मन्त्री

२४ पुस, काठमाडौं-

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका बारेमा अझै कुनै निर्णय नभएको जानकारी दिएका छन्।

नागरिक न्यूजसँग मंगलवार विहान कुरा गर्दै मन्त्री ज्ञवालीले भने, ‘अनुसन्धान प्रक्रिया जारी छ। परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई वर्खास्त गर्ने बारे कुनै निर्णय गरेको छैन।’

मानव वेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पाविरुद्ध सरकारले छानविन समिति बनाएर अनुसन्धान भइरहेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएर स्पष्टीकरण लिएको छ। उनका पूर्व सवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत दम्पति मानव वेचविखनमा संलग्न रहेको आरोप लगाएपछि लक्की शेर्पा विवादमा तानिएकी हुन्। राजदूत शेर्पाले आफू विरुद्ध लगाइएको आरोप खण्डन गर्दै आएकी छिन्। वाङछुले अष्ट्रेलिया लगिदिने भन्दै राजदूत दम्पतीले पैसा उठाएको, अष्टेलिया नलगेपछि पैसा फिर्ता नदिएको आरोप लगाएका छन्।

२०७५ पुस  २४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: