Fri. Mar 29th, 2024

भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय २१ पुग्यो

IMG_9088

१९ बैशाख, काठमाडौँ – गत शनिबार गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय २१ पुगेको छ । १४ हजार पाँच सय ६६ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

भूकम्पमा परी १३ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् भने एकसय एक सुरक्षाकर्मी घाइते भएका छन् । नेपाल प्रहरीका अनुसार नेपाली सेनाका आठ, नेपाल प्रहरीका चार र सशस्त्र प्रहरी बलका एक जनाको मृत्यु भएको हो ।

भूकम्पका कारण १० हजार चार सय ६४ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् ।१४ हजार एक सय ६८ घर तथा भवन  आंशिकरुपमा क्षति भएका छन् ।

सर्वसाधारणका एक लाख ३० हजार चार सय ९३ घर पूर्ण क्षति भएका छन् भने एक लाख ३४ हजार ९६३ घरमा आंशिक क्षति भएको छ ।

पूर्वाञ्चलमा ५२ जनाको मृत्यु भएको छ भने तीन सय न९ जना घाइते भएका छन् । त्यस्तै मध्यमाञ्चलमा ६ हजार एक सय ४९ को मृत्यु भएको छ भने १३ हजार ३५ घाइते भएका छन् । पश्चिमाञ्चलमा चार सय १८ को मृत्यु भएको छ भने एक हजार एक सय ९७ घाइते भएका छन । त्यस्तै मध्यपश्चिमाञ्चलमा दुईको मृत्यु र २५ घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार सुदूर पश्चिमाञ्चलमा भूकम्पबाट सात वटा सरकारी कार्यालय आंशिक क्षति भएका छन् भने सर्वसाधारणका छ घरमा आंशिक क्षति भएको छ । सो क्षेत्रमा कुनै पनि मानवीय क्षति भने भएको छैन ।

 

About The Author

Loading...

अन्य समाचारहरु: