Fri. Jul 19th, 2019

माघ १ गते खाल्टेमा गोरुजुधाई कार्यक्रम गरिने ,बल्छि धुर्वे र राजुमास्टर पनि आउने

२८ पुष,धादिङ

माघे सङक्रान्तिको अवसरमा धादिङको निलकण्ठ ५ खाल्टेमा फ्याक्सेमा लाग्ने ऐतिहासिक गोरुजात्राको लागि आवश्यक तयारी तिव्र बनाईएको छ । माघेसक्रान्ति नजिकिदै गर्दा स्थानिय किसानहरु जुधाईने गोरुलाई तयार पार्न जुटेका छन् ।

आफ्ना गोठमा पालिएका बहर गोरुलाई बारीका पाटामा रिहर्सल नै गराएर मेलाको तयारी भईरहेको मेला व्यवस्थापन समितिका अध्यक्ष पृतम श्रेष्ठले बताए ।
मेलाको तयारीले गतीबेला खाल्टेमा रमझम बढेको छ । घर घरमा जुधाईने गोरुको चर्चा परिर्चा सुरु भएको छ । माघेसँक्रान्ति गोरुजुधाई संरक्षण सस्थाका अनुसार १० हल गोरु जुधाईने भएको छ ।

विजेता प्रथम गोरुलाई ३५सय र द्धितीय गोरुलाई १५ सय पुरस्कारको व्यवस्था गरिएको छ ।
कार्यक्रमको उद्घाटनको लागि कृषिमन्त्री चक्रपाणी खनाल बलदेब आउने भएका छन् । यसैगरी राष्ट्रिय हास्य कलाकारहरु बल्छि धुर्वे र राजुमास्टर आउने भएका छन् ।
मेलामा स्थानिय सस्कृतिको प्रवर्दन गर्ने उदेश्यले तामाङ तथा मगर जातिको झाँकी तथा खाल्टेको बाहुनबाजा प्रस्तुत गरिनेछ ।

२०७५ पुष २८ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: