Fri. Mar 29th, 2024

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

६ माघ, काठमाडौं

अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?

यदि त्यसो हो भने सतर्क हुनुस् । सरकारले संसदमा दर्ता गराएको विज्ञापन नियमनसम्बन्धी विधेयकमा सम्बन्धित व्यक्तिको मञ्जुरीविना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापन गर्न नपाइने ब्यवस्था छ ।

‘सम्बन्धित व्यक्तिको मञ्जुरीकिना इमेल वा मोबाइलमा इमेल वा एसएमएसबाट विज्ञापनमूलक सन्देश वा इमेल पठाउन पाइने छैन’, विधेयकको दफा १० को उपदफा (१) मा छ ।

उक्त व्यवस्थाअनुसार कसुर गर्नेलाई एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

तर, कुनै जानकारीमूलक सूचना वा विपद्को खबरका लागि भने नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले सम्बन्धित ब्यक्तिको मन्जुरीबिना पनि एसएमएस वा इमेल गर्न बाधा नर्पर्ने उपदफा (२) मा भनिएको छ ।

२०७५  माघ  गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: