Fri. Mar 29th, 2024

बिस्कुट, चाउचाउको खोल सडकमा फाल्नेलाई ५० हजार जरिवाना

८ माघ, काठमाडौं

प्रयोगपछि बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्ने बानी छ ?छ भने त्यस्तो बानीलाई तुरुन्त त्यसलाई सुधार्नुस् । काठमाडौं महानगरपालिकाले यसरी सडकमा फोहोर फाल्ने माथि कारवाही थालेको छ ।

महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि निगरानी बढाएको छ ।

महानगरपालिकाले तोकिएको स्थानमा तोकिएको समयमा राखेको नपाइएमा अनुगमन नियमन र नियन्त्रणमा आउने टोलीमार्फत कारवाही गर्ने चेतावनी दिएको छ ।
अनुगमन टोलीले फोहोर फाल्दै गरेको अवस्थामा भेटेमा फोहोरमैला व्यवस्थापन ऐन बमोजिमको कसुुर गर्नेलाई ५ हजार देखि ५० हजाररुपैयाँसम्म जरिवाना गर्ने बताएको छ ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले अब टोलीनै बनाएर शहरमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न लागेको हो ।

शरमा विभिन्न ठाउँमा स्मार्ट डस्टविन राख्न सुरु गरेलगत्तै महानगरपालिकाले यस्तो अभियान चलाएको हो । महनगरका एक अधिकारीका अनुसार शहरलाई स्वच्छ राख्न सुरुमा जनचेतनाका लागि प्रचारप्रसार गर्ने र अझै अटेर गरे कारवाही गर्ने योजना छ ।

२०७५ माघ ८ गते प्रकशित

About The Author

Loading...

अन्य समाचारहरु: