Wed. Apr 17th, 2024

धादिङ लगाएत देशभर विभिन्न स्थानमा वर्षा, जाडो बढ्ने

९ माघ, धादिङ –

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार, पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि सुरु वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको छ ।

यो प्रणाली आज रातिसम्म कायम रहने मौसमविद्हरुको अनुमान छ । रातिदेखि परेको पानी बुधबार दिउँसो केही समय रोकिए पनि बेलुकीपखबाट फेरि सुरु हुने मौसमविद् नगरकोटीले बताइन् ।

देशका पश्चिम भागहरुमा भने भोलिसम्म यो प्रणालीको प्रभाव रहने उनको भनाइ छ । हिजोदेखि सुरु वर्षाले अझै केही दिन निरन्तरता पाउने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाको छ । यो प्रणाली हटेलगत्तै पुनः पश्चिमी वायु नै विकसित हुने र त्यसले पानी पार्ने मौसमविद् नगरकोटीको भनाइ छ ।

पूर्वी भागमा बुधबार बिहान पानी परेको छैन । तर दिउँसोदेखि पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम विज्ञान विभागले दोलखा जिल्ला भन्दा पूर्वतर्फको भागले पूर्वी भाग भन्ने गर्दछ ।पानी परेकाले अधिकतम तापक्रम घट्ने छ र जाडो बढ्ने छ । काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष शून्यसम्म पुगेको छ । पानी परेकाले जाडो बढ्ने भए पनि शून्यभन्दा तल भने नझर्ने मौसमविदको अनुमान छ ।

२०७५ माघ  गते प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: