Fri. Mar 29th, 2024

व्यवसायीहरुको क्षमता विकासको लागि सदैब अगाडि बढ्नेछु : अध्यक्ष खत्री

धादिङ उद्योग वाणिज्य संघको २५ औँ साधारण सभा तथा नवौ अधिवेशनबाट निर्वाचित रुद्र बहादुर खत्री (रामशरण)लामो समयदेखि धादिङबेसीमा छापाखाना सन्चालन गर्दै आईरहेका छन् । व्यवसायिक हिसाबले २०५५ सालदेखि धादिङमा क्रियाशील रहेका उनी २०५६ सालदेखि धादिङ उद्योग वाणिज्य संघमा आवद्ध भई २०६० सालमा कार्यसमिति सदस्य, २०६३ सालमा कोषाध्यक्ष र २०६९ सालमा वरिष्ठ उपाध्यक्ष भईसकेका छन् । हालै सम्पन्न अधिवेशनबाट धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित भए पश्चात उद्योग वाणिज्य संघ अब कस्तो हुनेछ, व्यावसायीहरुको हक हितमा उद्योग वाणिज्य संघले कस्तो काम गर्नेछ र अबको भूमिका के हो भन्ने बिषयमा पाविलन्यूज डट कम संवाददाता सृजना लंम्सालले गरेको कुराकानी

१) अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ, कस्तो अनुभव भईरहेको छ ?
धादिङ उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित भईरहदाँ अध्यक्ष पदमा निर्वाचित भैसकेपछि मैले के अनुभुती गरे भने म अध्यक्ष पदमा निर्वाचित भैरहँदा मेरो जिम्मेवारी बढेको छ । भन्ने कुराको मैले महशुस गरेको छु । साथीहरु सबैको त्यो साथ र सहयोग देख्दा धादिङ उद्योग वाणिज्य संघको लागी मैले मेरो हैसियतले भ्याएसम्म अवको विकासको लागि जतिसक्दो पहल गनुपर्छ भन्ने महुशुस मैले गरेको छु र केही गर्छु भन्ने मेरो मनसाय छ ।

२) अध्यक्ष बन्नको लागि कसैले दबाब दिएका हुन् की आफु खुसी उम्मेद्धारी दिनुभयो ?
होईन मैले आफुले स्व ईच्छाले उम्मेद्धारी दिएको हँु । यसमा कुनै दबाब छैन र पालोक्रम हेर्ने हो भने पनि १५ बर्ष अगाडी देखि नै समितिमा रहेर काम गरेको हँु र अहिले अध्यक्ष बन्नु पर्छ भनेर उम्मेद्धारी दिएको हु । यसको लागि सबै निकायले मुल्याङ्कन गरेर यत्तिको पदमा जिम्मेवारी दिँदा चाँहि राम्रो होला भन्ने हिसाबको उँहाहरुको ठम्याई भयो र मेरो परिश्रम र लगानीको उच्च मू्ल्याङ्कन गर्दै यत्तिको व्यतिmलाई धादिङ उद्योग वाणिज्य संघको उम्मेद्धारी पद दिदाँ यसको विकासको लागि पनि राम्रै हुन्छ भन्ने कृुराको विचार गरेर मलाई यो पद दिनुभयो र म आज धादिङ उद्योग वाणिज्य संघकोे अध्यक्ष पदमा छु ।

३) निर्वाचन भन्दा पहिले तपाईका प्रतिबद्धताहरु के के थिए ?
धादिङ उद्योग वाणिज्य संघमा निर्वाचन हुनुभन्दा पहिला मैले पेस गरेको प्रतिबद्धता यसप्रकारका छन् । धादिङ उद्योग वाणिज्य संघलाई भौतिक, आर्थिक, क्षमता विकासको हिसाबले सक्षम संस्थाको रुपमा विकास गर्ने छु भनेको छु । धादिङका उद्यमी व्यवसायीहरुको सुरक्षा र हकहितको लागि सदा सक्रिय रहँदै व्यवसायीको व्यवसायीक क्षमता विकासको लागि व्यवसायीक क्षमता विकास कार्यक्रमहरु संचालन गर्ने छु, राज्यको संघीय संरचना अनुुसार विधिको विधान संसोधन गर्ने छु । व्यावसायीहरुलाई बेला बेलामा व्यावसायीक कर तथा विभिन्न पक्षहरुको बारेमा तालिम, गोष्ठी, अध्ययन अवलोकन तथा प्रोत्साहनका कार्यहरु कार्य गर्नेछौँ ।

४) आगामी दिनमा उद्योग वाणिज्य संघले व्यवसायीको हकहितको लागि कस्ता कार्यक्रम ल्याउनुहुन्छ ?
आगामी दिनमा आम व्यवसयीहरुको लागि ऐक्यवद्धता भएर संघमा आर्थीक र वजारी विविधीकरणको लागि अगाडी बढाउने खालका कार्यक्रमहरु ल्याउनेछु । समग्र जिल्लाको आर्थिक तथा सामाजिक विकासका लागि संघको तर्फबबाट नेतृत्वदायी भूमिका निर्वाह गर्दै संघको हरेक गतिविधिमा पारदर्शिता, जवाफदेहिता तथा उत्तरदायित्वको प्रत्याभूति गर्ने । उद्योग वाणिज्य संघ धादिङको लक्ष्य र उद्देश्य अनुरूप जिल्लाका उद्योगी तथा व्यावसायीहरूको हकहितको संरक्षण तथा सम्बर्धन गर्ने कार्यक्रम छ । साना, मझौला र ठूला व्यावसायीहरूको संघमा समान प्रतिनिधित्व एवम् हक अधिकारको सुनिश्चितता गर्ने लगायतका कार्यमा मेरो ध्यान जानेछ ।

५) माथिल्लो निकायबाट भनौ, कर कार्यलयबाट अनुगमन आउँदा व्यापारीहरु भागाभाग हुन्छ, यो व्यापारीहरुले नटेरेका हुन् की नमानेका हुन् ?
व्यवसायमा लागिसकेपछि विक्रि र खरिदको छुट्टाछुट्टै खाताहरु राख्ने हुन्छ । व्यवसायीहरु व्यापारमा व्यस्त भएका हुन्छन् गरौला नि भन्ने भएर पनि हुनसक्छ । एउटा समन्वयकारी भुमिका अनुगमनमा आउने टोलीसंग बसेर उद्योग वाणिज्य संघसंग बसेर व्यवसायी हक हितको लागि समन्वयकारी भुमिका गरेर सहजिकरण गर्न सकिन्छ ।

६) व्यवसायीहरुको मात्र संस्था भनिन्छ उद्योग वाणिज्य संघ तर निर्वाचन प्रक्रिया हेर्दा त राजनितिक द्धन्द देखिएको प्रष्ट देखिन्छ नी ?
उद्योग वाणिज्य संघको प्रमुख काम भनेको व्यावसायीको हक हितको लागि क्रियाशील रहनु हो । संघले गर्ने क्रियाकलापमा कुनै राजनैतिक दर्शन जोडिएको हुँदैन र हुनु पनि हुन्न । यो संस्था सधैँ व्यावसायीको संरक्षण र सम्बद्र्धन गर्ने एउटा मात्र यस्तो निकाय हो जहाँ व्यावसायीहरु आफ्ना समस्याहरु निर्धक्कसँग राख्न सक्दछन् र समस्याको समाधानको लागि संघ मार्फत पहल गराउन सक्दछन् । अर्को कुरा यसले सरकारलाई आर्थिक विकास र समृद्धिका सवालमा नीतिगत सल्लाह सुझाव प्रदान गरी सहयोग गर्दछ । व्यावसायसँग सम्बन्धित विभिन्न ऐन, कानुन र नीतिनियम बनाउन सहयोग गर्न सक्दछ । व्यापार प्रवर्द्धनका लागि व्यावसायिक भेटघाटको अवसर मिलाईदिने, मेला, महोत्सव अयोजना गर्ने, सदस्यहरुको निम्ति स्वदेश वा विदेशमा बजार प्रवर्द्धन गर्ने कार्यमा पनि सहजिकरणको भूमिका निर्वाह गरेको हुन्छ । यो विशुद्ध व्यवसायीहरुको संगठन हो । यसमा कहि कतै राजनीति जोडिय पनि व्यवसायीहरु एक भएर जानुपर्छ भन्ने नै हो । अन्तमा निर्वाचन प्रक्रिया सर्वसम्मत नभईसकेपछि लोकतान्त्रिक पद्धतीबाट अगाडी बढेको हो यो कुनै खासै राजनीति भएको भन्न मिल्दैन र व्यवसायीहरु राजनितिज्ञ हुनु पनि हुदैन ।

७) आफ्नो कार्यकालमा पहिलेको अध्यक्षहरुले भन्दा फरक के काम गनुहुन्छ ?
अहिलेको कार्य समितिमा पुरानो टिम भन्दा नयाँ टिम धेरै आएको छ, यसलाई मेरो कार्यकालमा ३ बर्षीय एउटा कार्ययोजना तयार पारेर संघलाई अगाडी बढाउन आर्थिक नैतिक भौतिक हर हिसाबले व्यवसायीलाई छुट्टै महसुस हुने हिसाबले कार्यतालिका बनाएर संघलाई अगाडी लैजानेछु । नेपाल सरकारबाट समय समयमा करका नीति नियमहरूमा गरिएका परिवर्तनहरूबारे संघका सदस्यहरूलाई तालिम तथा गोष्ठीहरूको माध्यबाट नियमित रूपमा जानकारी गराई समयानुसार सदस्यहरूको क्षमतामा अभिवृद्धि गराउँदै लैजानेछु । साना तथा मझौला व्यावसायीहरूको सीपहरूको पहिचान गरी त्यसको प्रवर्धनको लागि कार्य गर्ने योजना बानाएको छु । आर्थिक विकास र पूर्वाधार निर्माणमा सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम संघको सकृय सहभागितामा जोड दिंदै यसका नीति निर्माणमा महत्वपूर्ण मार्ग निर्देशन गर्नेछु ।

८) राजमार्गमा संचालनमा आएको क्रसर ग्यास उद्योग, ईट्टा उद्योगहरुबाट स्थानीय बस्तीहरुमा असर भईरहेको भनेर जनगुनासोहरु पनि आईरहेको छ यस्ता गुनासालाई समाधान गर्न यहाँको भुमिका कस्तो रहन्छ ?
यसमा राज्यले ल्याएको नीतिमा बसेर काम गर्नुपर्ने हुन्छ । राज्यले ल्याएको तीति र व्यवसायहरुको काम तालमेल खाईरहेको छैन । एउटा क्रसर चलिरहेको छ त्यो मापदण्ड विपरित छ छैन भनेर तीतिमा पनि स्पष्ट छैन । ठोस नीति राज्यले नल्याएसम्म सहज रुपमा व्यवसाय गर्ने वातावरण बनेको छैन । त्यसकारण पनि राज्यको संयन्त्र र व्यवसायीहरुसंग मिलेर काम गर्नेछौ ।

९) तपाईले धादिङमा लामो समयदेखि व्यवसाय गर्दै आउनु भएको तपाईको अनुभवमा व्यवसाय गर्नको लागि के के कुरा भैदियो भने व्यवसाय गर्न सहज हुन्छ जस्तो लाग्छ ?
पहिले म व्यक्ति आफैलाई म के गर्दै छु भन्ने कुराको बारेमा जानकारी हुनु जरुरी छ र अरुको लहैलहैमा नलागी काम गर्नुपर्छ । व्यवसाय भन्दैमा जे पायो त्यहि गरेर पनि भएन त्यसकारण व्यवसायको भावना लाई बुझेर व्यवसाय गर्नुपर्छ । व्यवसायमा मान्छेको स्वभावले पनि प्रभाव पार्ने गर्दछ । मेरो स्वभावले नै म लामो समयसम्म व्यावसायमा म टिकेको हो जस्तो मलाई लाग्दछ । आम व्यवसायीहरुले मलाई मायाँ गरेर ल्याएको पनि मेरो स्वभावले नै हो जस्तो मलाई लाग्दछ ।

१० ) अन्त्यमा अबको तीन वर्षमा धादिङ उद्योग वाणिज्य संघ कस्तो हुनेछ ?
अबको धादिङ उद्योग वाणिज्य संघ मैले सोँचेको छु फरक ढङ्गबाट संचालन गर्ने मेरो लक्ष्य रहेको छ । तीन वर्ष पहिले धादिङ उद्योग वाणिज्य संघ यस्तो थियो र अहिले यस्तो परिवर्तन आयो यस्तो राम्रो परिवर्तन आयो भन्ने हिसाबले काम गर्ने मेरो लक्ष्य रहेको छ । यसरी विकास गरेर लैजाने मेरो योजना रहेको छ । सबैको सहयोग र सद्भावको अपेक्षा राखेको छु । मलाई सबैले साथ दिनुभयो भने पक्कै पनि सफल हुने छु ।

२०७५ माघ १५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: