Sun. Sep 8th, 2024

डिप्रेसन र मुटुका बिरामीलाई भूकम्पको असर

bhaktpur-After-Eatrh-Quake-4 (1)
काठमाडौं -भूकम्पमा ज्यान गुमाउने मानिसमध्ये अधिकांशको भौतिक संरचनाले किचिएर मृत्यु हुन्छ । भूकम्पका कारण मानिसको तत्कालै ज्यान जाने घटना एकातर्फ हुन्छ भने अझ भयावह जोखिमचाहिँ भूकम्पपछि देखा पर्ने स्वास्थ्य समस्याले निम्त्याउन सक्छ । भुइँचालोमा शारीरिकरुपमा घाइते वा जोखिमपूर्ण अवस्थामा नपुगेका अर्थात् सद्दे मानिसहरुमा समेत भूकम्पछि विभिन्नखाले स्वास्थ्य समस्या देखिने गरेको र त्यसले ठूलो संख्यामा मानिसको मृत्यु हुने गरेको विश्वका अनुभवहरुले देखाएका छन् ।

सन् १९८१ मा गएको भुइँचालोमा धेरैको ज्यान गयो । तर, बाँचेका मानिसहरु मर्ने क्रम भूकम्पको तेश्रो दिनसम्म निकै तिब्र गतिमा बढ्यो । भूकम्पमा बाँचेका धेरै मानिसहरुको केही दिनपछि नै हृदयाघात तथा मुटु सम्बन्धी समस्याका कारण ज्यान गएको थियो ।

विज्ञहरुका अनुसार भुइँचालोपछि मानिसहरुमा मुटुको समस्या निकै बढ्ने गरेको तथा हृदयाघातको जोखिम उच्च हुने गरेको पाइएको छ । त्यसका साथै डिप्रेसन तथा मानसिक समस्याका साथै रगत समेत बाक्लो हुने समस्या समेत भूकम्पपछि देखिने गरेको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा भूकम्पपछि हृदयाघातको समस्या ३५ प्रतिशतले बढेको पाइएको थियो । त्यस्तै सन् १९९५ मा जापानमा गएको भुइँचालोपछि स्थानीय प्रभावित मानिसहरु खासगरी रक्तचापको समस्या भएकाहरुमा दुई हप्तासम्म रक्तचाप निकै नै बढेको पाइएको थियो । अनलाइनखबरबाट

About The Author

अन्य समाचारहरु: