Sun. Jun 16th, 2024

५० लाख रुपैयाँको क्षति

पोखरा, कात्तिक २७ लेकसाइडस्थित चल्तीको डान्स क्लब ९९ मा सोमबार बिहान आगलागी हुँदा कम्तिमा ५० लाख रुपैयाँको क्षति भएको छ। रात्रीकालीन डान्स क्बलमा बिहान कोही नभएकाले मानवीय क्षति भने हुन पाएन। बिहान पौने सात बजेतिर बिद्युत सर्ट भई आगोलागी भएको अनुमान गरिएको छ।

प्रहरी र स्थानीयबासीले एकघण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए। आगो निभाउन आधा दर्जन खानेपानीका ट्याङ्कर प्रयोग गरिएको थियो।
आगलागीबाट क्लबका महंगा साउन्ड सिस्टम, फर्निचर, सजवाटका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ। बिहान भएको आगलागी स्थानीयबासीले तत्कालै देखेर निभाउने प्रयास गरेकाले सँगै रहेका अन्य घरहरुमा सल्कन नपाएको प्रहरीको भनाई छ।
स्थानीय धर्मसिंह लामिछानेसहित चारजनाले दुई वर्षअघि करिब ६० लाख रुपैयाँ लगानीमा उक्त डान्स क्लब सञ्चालनमा ल्याएका थिए। आगोलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिए पनि पूर्ण विवरण आउन बाँकी छ।

About The Author

Loading...

अन्य समाचारहरु: