Mon. Aug 19th, 2019

आधुनिक प्रविधिको विकासले पुस्तकालय ओझेलमा : देवी अधिकारी

‘पुस्तकालय’ भन्ने बितिकै हाम्रो मस्तिष्कमा आउने वाक्य भनेकै ‘पुस्तकहरुको भण्डार’, यस हिसाबमा भन्ने हो भने सामान्यतयः पुस्तकालय भन्नाले पुस्तकहरु संग्रह गरी राखिएको कोठा वा घरलाई बुझिन्छ । नेपालमा पुस्ताकालय स्थापना भएको २०० वर्ष भन्दा पुराना ईतिहास रहेको छ । तत्कालिन राजा ग्रिवाण युद्ध विक्रम शाहको शासनकालमा भएकोे मनिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकिकरणको बखतमा हराइएका राज्यहरुका महत्वपूर्ण दस्तावेजहरुलाई संकलन गरेर आफ्नो दरवारमा राख्ने गर्दथे । पछि उनका नाति ग्रिवाण युद्धले लामोर मार्फत ती दस्तावेजहरुको संरक्षण गरे । १०४ वर्षिय (सन् १८४६देखि १९५०) राणा शासनले जनतालाई शिक्षाबाट बञ्चित गरायो । नेपाल भित्र स्थापना भएको पहिलो कलेज ‘त्रिचन्द्र’ हो । जसको स्थापना सन् १९१८ मा भएको थियो । यसको मूख्य उद्देश्य भनेको उनीहरुको सन्तानहरुलाई अंग्रेजी शिक्षा दिनु थियो । त्यस वखत सम्म केहि विद्यालयहरु स्थापना भए पनि विश्वविद्यालय शिक्षाको प्रणाली/पद्धतिको विकास भई सकेको थिएन् । सन् १९३० मा महाकवि लक्ष्मीप्रसाद देवकोटा सहितको युवा समूहले पुस्तकालय (सरस्वती सार्वजनिक पुस्तकालय) स्थापनाको अनुमति मागेर सरकारमा निवेदन हाले तर राणा शासकहरुले उनीहरुलाई कारबाही गरियो । केहिलाई रु.१०० जरिवाना गराई छाडियो भने बाँकीलाई लामो समयको लागि जेल हालियो । सन् १९५०मा राणा शासनको पतन संगै बहुदलिय व्यवस्था आयो । जसले शिक्षाको क्षेत्रमा नयाँ लहर ल्यायो र विभिन्न स्थानमा पुस्तकालयहरुको स्थपना हुन थाल्यो । सन् १९५० देखि १९६०को बीचमा विभिन्न स्थानमा सार्वजनिक पुस्तकालयहरु स्थापना भए । सन् १९६०मा निरंकुश राजतन्त्रको सुरुवातसँगै सामुदायिक पुस्तकालयहरुलाई निरुत्साहित गरियो । सन् १९९० मा निरंकुश राजतन्त्रको अन्यसँगै पुनः सामुदायिक पुस्तकालयहरुले गति लिन थाल्यो । पुनः सञ्चालन र स्थापनाको लागि आवश्यक सहयोगको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुमा प्रस्ताव आउन थाल्यो । नेपालमा हालसम्म पनि पुस्तकालय सम्बन्धि अवश्यक नीति÷नियम र अनुगमन गर्ने सरकारी निकाय नभएकोले, हालसम्म देशभरि कति पुस्तकालयहरु सञ्चालन छन् भन्न गाह्रो छ । धादिङ जिल्लाका अधिकांश विद्यालयहरुमा पुस्तकालयहरु रहेका छन् । भने धादिङबेसी बजारमा जनता पुस्तकालय रहेको छ । आधुनिक प्रविधिको विकासले गर्दा पुस्तकालयको महत्व घटेको हो कि भन्ने भान हुन थालेको छ । पुस्तकालयको क्षेत्रमा भएका गतिविधिहरु र पुस्तकालयको विषयमा धादिङको सदरमुकाममा रहेको जनता पुस्तकालयका अध्यक्ष देवि अधिकारीसंग पाविलन्यूज डटकमले गरेको कुराकानीको सारसंक्षेप

१) जनता पुस्तकालय स्थापना भएको लामो समय भयो यसले गरेका काम र यसका पृष्ठभुमी बताईदिनुस् न ?

धादिङको सन्दर्भमा पुस्तकालयको इतिहासको बारेमा खासै चर्चा भएको पाइदैन । यस सम्बन्धि कुनै आधिकारीक लेख रचनाहरु पनि उपलव्ध छैन् । तथापी, हामी अनुमान भने गर्न सक्दछौं । विभिन्न समयमा स्थापना भएका विद्यालय तथा कलेजहरुले आफ्ना शिक्षक तथा विद्यार्थीहरुको लागि आवश्यक पुस्तकहरु उपलव्ध गराउने उद्देश्यले ठूला वा साना पुस्तकालयहरुको व्यवस्था गरेको पाइन्छ । जहाँ पाठ्यक्रमसँग सम्बन्धित केही आवश्यक पुस्तकहरु, केही पत्रपत्रिकाहरु आदि सेवा उपलब्ध गराइएका हुन्छन् । सबै विद्यालय तथा कलेजहरुको स्थापना मिति र सन्दर्भलाई उल्लेख गर्न गाह्रो भए पनि केहि महत्वपूर्ण र प्रतिनिधिमूलक तथ्यहरुलाई प्रस्तुत गर्नु आवश्यक हुन्छ । पञ्चायतकालमा पञ्चायत विरुद्ध चेतना जगाउनको लागि अरुण पुस्तकालय स्थापना भएको रहेछ पञ्चायत विरोधी शक्तिहरुले राजनितीक रुपमा स्थापना भएको थियो । त्यतिखेर राज्यले हस्तक्षेप गरेको थियो त्यसलाई निरन्तरता दिन भनेर प्रजातन्त्र आयपश्चात सामाजिक व्यक्तित्वहरुले संस्थागत रुपमा पुस्कालय चलाउनुपर्छ भनेर २०४८ सालमा जिल्ला प्रशासन कार्यलयमा दर्ता गरेर आज सम्म सक्रिय रुपमा संचालन भईराखेको छ ।
२) यहाँले जनता पुस्तकालयको नेतृत्व गरिरहनुभएको छ, आजसम्म आईपुग्दा यो पुस्तकालयले सामाजिक क्षेत्रमा शैक्षिक क्षेत्रमा न्याय गरेका केहि कामहरु छन् ?

म आफु पनि विद्यालय अवस्थादेखि नै पुस्तकालयमा भएका विभिन्न कार्यक्रमहरुमा सहभागि हुन्थे त्यतिखेर विशेष गरी धादिङबेसीमा साहित्यीक थलो हुने साहित्यलाई प्रक्षेपण गरेर साहित्यको विद्यार्थीहरु निकाल्ने जस्ता विभिन्न कार्यक्रमहरु भएका छन् । म सुरुवातमा सदस्य भए । म सदस्यमा रहदा पनि जिम्वेवारी दिनुभएको थियो । त्यतिखेर धेरै कार्यक्रमहरु भएको थियो । पछिल्लो समय यो नगरपालिका भईसकेपछि यसको जिम्वेवारी संग नगरपालिकालाई कसरी जोड्ने र साझेदारी गर्ने भनेर लागि परेको कारणले यस्ता कार्यक्रमहरु अलि कमी भएका थिय । तर आगामी दिनमा यसलाई अगाडी बढाउनको लागि हामी तल्लिन रहेनेछौ ।

३) स्कुले विद्यार्थीहरुले पुस्तकालयको कत्तिको प्रयोग गरिरहनुभएको छ ?

यो समयको परिवर्तन संगै हामी चल्न नसकेको हो वा हामीले ती विद्यार्थीहरुलाई त्यो बाटोमा लैजान नसकेका हौ । समयको परिवर्तन संगै पढाई तथा पुस्तक प्रति रुची जगाउन अलि कठिन नै भएको छ । अहिले प्रविधिको विकास र त्यसको प्रयोगले पनि हुन सक्छ अथवा तिनिहरुको समय त्यतातिर व्यतित भएको हुनसक्छ । यो एउटा चुनौति बनेको छ पुस्तकालय व्यवस्थापनको लागि । ४–५ बर्ष अगाडीदखि यस क्षेत्रमा धेरैे सहयोग हुन सकेको छैन । राज्यले दिने स्रोत पुस्तकालयमा देखिएन । यो स्थानिय तहसम्म आईपुग्दा पुस्तकालय नीति देशमा छैन । त्यसकारणले गर्दा हामीले सकेको ठाउँमा मागहरु गरेका छौ ।

४) उहाँले भन्नु भएको जस्तै नयाँ नयाँ प्रविधिहरु आए तर हामीले विगतमा पाएका सामाग्रीहरु त प्राप्त गर्न सकिदैन नि ?

अहिले अंग्रेजी भाषामा तथा अन्य भाषामा प्रविधीले फड्को मारिरहेको छ । नेपाली भाषामा हेर्ने हो भने एकदम कम रहेको छ । जति नेपाली भाषामा लेखीएका किताबहरु रहेका छन् त्यो प्रविधिमैत्री नभएको कारणले गर्दा अझै पुस्तकालय जानुपर्ने नै वाध्यता छ । हामी प्रविधीमैत्री भयौ त्यो अलग कुरा छ तर हाम्रो पुस्तकालय संसारको भाषाको दायरा लेखकको दायरा अझ सम्म त्यहाँ पुग्न सकेको छैन ।

५) सरकारले पुस्तकालय नीति नै ल्याएर पुस्तकालय व्यवस्थापन गर्न सकिएन भन्ने कुरा छ यो नीतिगत रुपमा यसको व्यवस्थापन गर्न के पहल गर्नुपर्ला जस्तो लाग्छ ?

म अध्यक्ष भईसकेपछि संस्थाको सम्पुर्ण ईतिहास हेरे हामीलाई सस्थाको सहयोगको लागि सरकारबाट केहि सहयोग भएको रहिनछ । सहयोग सुन्य नै छ । जिवीसले एउटा कम्प्युटर र प्रिन्टर सहयोग भएको थियो । केन्द्रबाट शिक्षा विभागले केहि शिर्षकहरु राखेर बजेट विनियोजन भएको रहेछ मैले केहि समन्वय गरेर २ लाख रुपयाँ जनता पुस्तकालयमा पारेको थिय ।

६) पाठक उदाउँदै पुस्तकालय अस्ताउदै भन्ने एउटा भनाई छ नि के हो यो प्रष्ट पारिदिनुहोस् न ?

त्यो अहिले पुस्तक कसले पढ्छ र भन्ने पनि छ बजारमा त्यो नपढ्ने व्यक्तिहरुले मात्र भन्ने गर्छन् जसलाई पढाइमा त्यति फोकस गर्दैनन् । अलिकति पुस्तकालयहरुको व्यवस्थापन कमजोर भएको कारणले पनि पुस्तकालयहरु अस्ताउदै भन्ने भएको छ ।

७) जनता पुस्तकालयको त्यहाँको बातावारण व्यवस्थापन र पाठकहरुलाई खोजेको पुस्तक पाउने व्यवस्था के छ थोरै बताईदिनुस् न ?

एकदम सामान्य प्रक्रिया छ हामीले ४८ सालदेखी अहिलेसम्म धेरै चेन्ज गरेका छैनो त्यतिखेर ५० रुपयाँ भयो भने सदस्यता वन्न पाईने २५ रुपया वार्षीक रिन्यु गर्ने त्यही शैलीमा नै हामी रहेका छौ । र ५०० रुपैया आजीवन सदस्यको लिएका छौ ।

८) अहिले ईन्टरनेटको दनियामा सबै आईसकेको छ त्यति हुदाँ पनि पुस्तकालय जानुपर्छ भनेर तपाईका पुस्तकालयले केहि योजना बनाएको छ ?

पक्कै पनि छ , त्यसको प्रयास गरिराखेका छौ । यसमा स्कुल पढ्दै गरेका विद्यार्थीहरुलाई पढाईप्रतिको महत्व बुझाउन प्रयास गरिराखेका छौ । र हामीले पुस्तक क्याम्पियन गर्दैछौ यसमा हामीलाई धेरै चुनौतीहरु पनि छ स्वयमसेवकको रुपमा काम गर्नुपर्ने भएकोले अहिले समय र परिस्थतीले स्वंयमसेवकहरु काम गर्ने पाउन सहज हुनेछैन । तर पनि यसमा प्रयास गरिराखेका छौ ।

९) तपाईहरु पुस्तकालय व्यवस्थापन गरिरहदा भोग्नुभएका चुनौतीहरु के के रहेका छन् ?

पहिलो चुनौती भनेको हामीलाई भवन रहेको छ । भएको भवनमा एउटा मात्र कोठा रहेको छ । पुस्तकालय संचालनको लागि कर्मचारीहरु परिचालन गर्नुपर्ने भएकोले तलबको लगि बजेट जुटाउन समस्या हुने भएको छ र अर्को समस्या भनेको पुस्तकालय व्यवस्थापनका व्यक्तिहरु नै अलिकति पुस्तकालयसंग झुकाव राख्ने पढ्ने खालका व्यक्ती नभएका कारण पिन आफ्नो उदेश्य पुरा गर्न असहज हुनेछ । यस्तै कुराहरु अलिकति चुनौती देखिएको छ ।

१०) यहाँले व्यवस्थापन गरिरहनुभएको पुस्तकालयमा आजिवन व्यक्तिहरु मात्र हो कि अरु पनि जान पाउने छन् ?

पुस्तकालय भनेको सबैको सम्पति हो । सबैले जतन गर्नुपर्छ, पढ्न पाउनुपर्छ । जो सुकै पनि जान पाउने छन् । अध्ययन गर्न जाने जो कोहिको लागि हामीले खुल्ला राखेका छौ ।
११) अन्त्यमा आम पाठकहरुलाई पुस्तकालयमा ध्यानाकर्षण गराउनको लागि पुस्तकालयको महत्व दर्शाउनको लागि के भन्नुहुन्छ ?
अध्ययन सस्कृतिलाई विकास गर्नको लागि र भावि दिनहरुमा पुस्तकालयको महत्व जगाउनको लागि पनि यहाहरुले पुस्तक पढ्ने वानि गरिदिने हो भने धेरै सहज हुनेछ । र पढ्ने बानी बसाल्नुस् जिवनमा आईपरेका दुखहरुलाई पनि भुलिदिने बाताबरण वनाउछ त्यसैले पुस्तकलाई पढ्ने बानी बसाल्नुस् भन्न चाहान्छु ।

२०७४ माघ २७ गते प्रकाशित
Loading...

अन्य समाचारहरु: