Mon. Aug 19th, 2019

नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए राजीनामा


२८ माघ, काठमाडौं –

नेविसंघ अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। लामो समयदेखि देखिएको नेविसंघभित्रको विवाद र नेविसंघको विषयमा अन्योल बढिरहेका बेला उनले राजीनामा दिएका हुन्। पार्टी सभापतिलाई सम्बोधन गरेर लेखिएको राजीनामा पत्रमा उनले आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको दाबी गरेका छन्।

आफ्नो राजीनामा गराउन पार्टी केन्द्रीय समिति नै लागिपरेको उनले आरोप लगाएका छन्। विधानतः थपिएको तीन महिनामा आफूहरुले संगठनको विधान लगायत विषयमा पार्टीमा पेस गरे पनि आन्तरिक किचलोका कारण पार्टी नै समस्यामा रहेकाले राजीनामा दिएको उनले स्पष्ट पारका छन्।

विधान नै नभएकाले महाधिवेशनको कार्यतालिका आफूहरुले बनाउन नसकेको पनि उनले उल्लेख गरेका छन्। राजीनामा पत्रमा उनले सबै अग्रज नेतालाई सम्बोधन गरी आफ्नो राजनीतिक यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

तर, कांग्रेस केन्द्रीय समिति बैठकमा भने पाटी सभापति देउवाले नेविसंघको विषयलाई उठाउन नहुने बताएका नेविसंघका पूर्वमहामन्त्री गुरुराज घिमिरेले जानकारी दिए।

२०७५ माघ २८ गते प्रकाशित

Loading...