Tue. May 21st, 2024

छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते

11216468_831875586892041_1174307322_n
२१ बैशाख धादिङ – धादिङ मलेखु सडक खण्डमा सोमबार भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् ।

धादिङबेसीबाट मलेखु तर्फ जाँदै गरेको माइक्रोबसले विपरितबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ मार्पाकका सन्तोष अघिकारी घाइते हुनुभएको छ । बा ३ ख ७३० नम्बरको माइक्रोबसले बा ४२ प ८२६० नम्बरको मोटरसाइकललाई निलकण्ठ नगरपालिका वडा नम्बर ८ कमेरेमा ठक्कर दिएको हो । विग्रिएर सडकमा नै थन्क्याएर राखिएको माइक्रोबस जोगाउन लाग्दा माइक्रो र मोटरसाइकल आपसमा ठोक्किएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

त्यस्तै निलकण्ठ नगरपालिका नडा नम्बर ८ कै ससाहमा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन । बैरेनीबाट धादिङबेसी तर्फ आउँदै गरेको बा ३४ प १७०३ नम्बरको मोटरसाइकल रोड रिसिलिङ गरिएको चिप्समा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाल्कल चालक मैदीका राजकुमार दुवाडी र नलाङ बैरेनीका राजन सिंखडा घाइते हुनुभएको छ । घाइते तीनै जनाको जिल्ला अस्पताल धादिङमा उपचार गराइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: