Mon. Jun 24th, 2024

जिम्मलगाउँका भुकम्प पिडितहरुका लागि राहत सामाग्री वितरण

आशिष ठकुरी/

jimmal gau

२१ बैशाख, धादिङ –  धादिङको जिवनपुर १ जिम्मलगाउँका भुकम्प पिडितहरुका लागि काठमाण्डौँका युवा समुहले राहत सामाग्री वितरण गरेका छन् ।

काठमाण्डौँका विभिन्न ठाउँमा बसोबास गर्दै आएका राज के.सी, पल्लभी गुरुङ, एलिसा स्थापित र विनय सिँघालको सक्रियता र सहयोग तथा अन्य व्यक्तिको सहयोगमा जिम्मलगाउँका ४० घरधुरीका भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण गरीएको हो ।

11198587_833390006750214_961190902_n

भुकम्प पिडितहरुका लागि १० किलोग्राम चामल, १ किलोग्राम दाल, १ प्याकेट तेल, दालमोठ, विस्कुट, चाउचाउ लगायतको प्याकेज बनाएर राहत वितरण गरीएको राहत वितरणमा सक्रिय राज के.सी ले बताउनुभयो । जिम्मलगाउँका सबै घर पुर्णरुपमा क्षति भएको स्थानिय रामबाबु सुबेदीले बताउनुभयो । अहिले गाउँका केहि पालमुनी त केहि जस्ताले छाएको छाप्रोमा बसिरहेका छन् । जिम्मलगाउँमा मात्र भुकम्पका कारण ५ जनाको मृत्यु भईसकेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: