Sun. Sep 8th, 2024

आवश्यकता नै नबुझि राहत वितरण गर्दा पिडित झनै पिडित

rahatt
धादिङ – महाभुकम्पबाट पिडितहरुको लागि भनेर दैनिक लाखौ रुपैयाँ बराबरको राहतहरु आइरहेको छ ।

सम्बन्धित निकाय तथा व्यक्तिहरुले राहत वितरण भैरहेको छ भनेर भनिरहेका छन् । तर पिडितहरुले भने आफुहरुले राहत नपाएको भनेर गुनासो गरिरहेका छन् । राहतहरु वास्तविक पिडितले भन्दापनि अन्यले नै लिने गरेको पनि देखिएको छ । कुन स्थानमा कस्तो राहतको आवश्यकता छ भनेर सोधखोज नगरीकनै जथाभावी रुपमा राहत वितरण गरेको देखिएको छ । जुन गाउँमा खाद्यान्नको आवश्यकतानै छैन त्यहि ठाउँमा खाद्यान्न वितरण गरिएको छ जुन ठाउँमा त्रिपालको आवश्यकतो छ । बैशाख १२ गतेको महाभुकम्पबाट घरहरु क्षति भएपनि कतिपयले अन्नपात लत्ताकपडा निकाल्न सकेका छन् भने कतिपयले सकेका छैनन् । अन्नपात र लत्ताकपडा निकाल्न मिलेको बस्तिहरुमा केहि घर बाहेक अन्यलाई खाद्यान्नको आवश्यकता देखिदैन तर त्यहि स्थानमा खाद्यान्न मात्र वितरण गरेको भुकम्प पिडितहरुले बताएका छन् । यस्तै देखिएको छ धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्वर ८ स्थित ससाहटार आसपासका बस्तिहरुमा ।

त्यस क्षेत्रका धेरैजसोले घरबाट अन्न तथा लत्ता कपडा निकालेका छन थोरै घरपरिवारको मात्रै घरले मिचेको र माटोले पुरिएको कारण अन्न तथा लत्ता कपडा निकाल्न पाएनन् । त्यस क्षेत्रमा पिडितहरुको अवस्था अनुसार नभै घरधुरिको संख्या हेरेर राहत वितरण गरिएको पाइएको छ । त्यस क्षेत्रका मानिसहरुले समुहमा मिलेर खरिद गरेको त्रिपाल ओढेर रात बिताइरहेका छन् । अहिलेसम्म कुनै सरकारी राहत नपुगेको त्यस स्थानका केहि घरपरिवार बाहेक अधिकाशंले आफ्नो दैनिक गुजारा गर्न सक्षम छन् तर त्यहि क्षेत्रमा आवश्यकता नै नबुझि राहत वितरण गरिएको छ । यसरी आवश्यकता नै नबुझि राहत वितरण गर्दा केहि गैरपिडित र खाद्यान्नको आवश्यकता नै नभएकोले पनि राहत लिएको पाईएको छ । आफुहरुलाई खाद्यान्न भन्दापनि त्रिपालको आवश्यकता रहेको त्यस क्षेत्रका पिडितहरुको भनाई छ । आफुहरुको लागि खाद्यान्न आवश्यकता नभएकोले अन्य स्थानका भुकम्प पिडितहरु जसलाई खाद्यान्नको आवश्यकता छ तेस्तो क्षेत्रमा लगेर खाद्यान्न वितरण गर्न उनिहरुको आग्रह छ ।

जिल्लाको उत्तरी क्षेत्रहरुमा भने राहत पुग्न सकेका छैन । जुन स्थानमा राहतको अति आवश्यक छ त्यस्तो क्षेत्रमा राहत नपु¥याउने तर ढुवानिको लागी सजिलो भएको स्थानमा अनावश्यक राहत पु¥याइएको देखिएको छ । यातायात मार्फत राहत पु¥याउन नसकिएको क्षेत्रमा हेलिकप्टर मार्फत राहत पु¥याउने भनिएपनि भुकम्प पिडितहरु हेलिकप्टर हेरेर बस्न बाध्य भएका छन् । खाने अन्न छैन, बस्ने बास छैन, लगाउने कपास छैन त्यस्तो क्षेत्रमा पूर्ण रुपमा कसैको हात अघि बढ्न सकेको छैन । अघि बढेको छ त केवल सदरमुकाम आसपासका स्थान र सवारीसाधन जान सक्ने स्थानमा ।

About The Author

अन्य समाचारहरु: