Sat. Jul 20th, 2019

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : धादिङमा विभिन्न कार्यक्रम गरि मनाइदै


२४ फागुन, धादिङ –

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ । दिवसको अवसरमा धादिङ जिल्लाभर विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूल नाराका साथ शुक्रबार बेनिघाट रोराङ गाउँपालिकामा दिवस मनाउन लागिएको छ । जिल्लाभरका स्थानीय निकायहरुले आआफ्नो क्षेत्रमा दिवस मनाइरहेका छन् । गजुरी गाउँपालिकामा पाठेघर खसेका महिलाहरुको निशुल्क जाँच शिविर राखिएको छ ।

महिलाविरुद्ध हुने असमानता र भेदभावको व्यवहार, जहाँ महिलाबाट भएको श्रमको मूल्य र पुरुषको श्रमको मूल्यबीच भिन्नता अर्थात् महिलाको श्रमको ज्याला पुरुषको दाँजोमा न्यून भएको विषयलाई मध्यनजर गरी समान कामका लागि समान ज्याला, समानता, न्याय, सुरक्षा, शान्ति र विकासका लागि महिला सहभागिता प्रारम्भ गरिएको अभियानसँगै महिलाको मानव अधिकारप्रति ऐक्यबद्धता जाहेर गर्ने दिनको स्मरणमा हरेक वर्ष मार्च ८ का दिन विश्वभर महिला दिवस मनाइँदै आएको छ ।

सन् १७९२ मा मेरी विल्लिसटन काफ्टद्वारा लिखित ‘अ भेन्डिकेशन अफ द राईट अफ ओमन’ सम्बन्धी पुस्तकमा उल्लेखित विषयवस्तुले महिलाको अधिकार र लैङ्गिक समानताका लागि आधारशिला तयार गरेको देखिन्छ । महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट प्रारम्भ भएको मानी यस दिन चीन, ब्राजिल, डोमेनिकन गणतन्त्र, संयुक्त राज्य अमेरिकाका केही महिला मिलेर महिला र पुरुषबीचको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक असमानता हटाई महिला अधिकार कायम गर्न आवाज उठाएका थिए । सोही दिनको स्मरणमा प्रत्येक वर्ष मार्च ८ तारेखलाई अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालिएको हो ।

त्यसपछि संयुक्त राष्ट्रसङ्घबाट महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्नेसम्बन्धी महासन्धि १९७९ जारी भएको र हालसम्म १८९ राष्ट्र यस महासन्धिको पक्ष राष्ट्र भएका छन् । यसैबीचमा चार वटा विश्व महिला सम्मेलन भइसकेको र १९९५ मा भएको चौथो विश्व महिला सम्मेलनले लैङ्गिक विभेदका १२ वटा मुख्य सरोकारका क्षेत्र पहिचान गरेर सोही आधारमा नेपालको नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन भइरहेका छन् ।

नेपालको संविधानको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । साथै समान अंशीय र वंशीय हकको व्यवस्था गरी लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।

२०७५ फागुन २४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: