Tue. May 21st, 2024

भूकम्प पिडित पत्रकारहरुको अवस्थाका विषयमा पत्रकार महासंघको अनुगमन

11196363_799731970123497_745632919420859080_n
धादिङ- नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र विष्ट सहितको एक टोलीले धादिङमा क्रियाशील पत्रकार तथा जिल्लामा रहेको सञ्चार माध्यमको अवस्थाको बारेमा अनुगमन गरेको छ ।

बैशाख १२ गते आएको महाभुकम्प पछि जिल्लामा क्रियाशील पत्रकारको अवस्था बुझ्न र पत्रकारहरुलाई राहत वितरणको प्रक्रियाको बारेमा जानकारी गराउने उद्देश्यले टोली बुधबार धादिङ आएको हो । महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टको नेतृत्वको टोलीमा, नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर, प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द चौलागाईर्, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायत जिल्लामा क्रियाशील सन्चारकर्मीहरुको सहभागिता रहेको थियो । टोलीले स्थानीय संचारमाध्यम र संचारकर्मीको भौतिक सम्पत्तिमा भएको क्षतिका बारेमा पनि जानकारी लिएको छ । भुकम्पले क्षती पु¥याएका सन्चारमाध्यमलाई तत्काल क्षतीपुर्ती दिलाउनको लागी आफुहरुले सरकार सँग आग्रह गरेको नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष महेन्द्र विष्टले बताउनु भयो ।

महाभुकम्पको कारणले सञ्चारमाध्यममा ठुलो क्षती परेको भन्दै स्थानीय सञ्चार माध्यमका व्यावस्थापनहरुले सरकारसँग राहतको लागी अपिल गर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् । महाभुकम्पको समयमा पनी नेपालका सन्चार माध्ययमले आफ्नो भुमिका निभाएको भन्दै विष्टले सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुलाई धन्यवाद दिनुभयो । यसैगरी धादिङमा रहेका सञ्चारमाध्यमका व्यावस्थापकहरुले आफुहरुलाई सञ्चार माध्ययम सञ्चालन गर्न कठिन गरेको गुनासो गर्नुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: