Sat. Jul 20th, 2019

मुआब्जा माग गर्दै आरुघाट बजार बन्द


४ चैत, धादिङ –

मुआब्जा माग गर्दै आरुघाट बजार बन्द गरिएको छ । बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले सोमबार आरुघाट बजार बन्द गराएका हुन् ।

आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको आरुघाट र आर्खेत तथा धादिङको विशालनगर र खहरे बजारको छिटो मुआब्जा निर्धारण गर्न माग गर्दै बजार बन्द गरिएको सरोकार समितिका संयोजक दिनेशकुमार ढकालले बताए ।

‘डुबानमा पर्ने अरु ठाउँको मुआब्जा बाँडेर सकिन लागिसक्यो, तर बजारको मुआब्जा निर्धारणसमेत भएको छैन’ उनले भने, ‘दवाबस्वरुप सोमबार बजार बन्द गरिएको हो ।’ सरकारले आयोजनाको डुबानक्षेत्रको घरजग्गा कारोबारमा रोक लगाएको छ ।

मुआब्जा निर्धारणका लागि जिल्लादेखि केन्द्रसम्म ध्यानाकर्षण गराएपनि सुनुवाई नभएकाले बन्द गराएको समितिले जनाएको छ । डुबानमा पर्ने जग्गाको मूल्य निर्धारण नहुँदै घरगोठ, खोर तथा बोटविरुवाको मुआब्जा निर्धारण हुन लागेकोमा पनि वजारका बासिन्दाको असन्तुष्टि छ ।

२०७५ चैत ४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: