Fri. Mar 29th, 2024

धादिङको गजुरीबाट एक सय ६४ किलो चरेशसहित भारतीय नागरिक समातिए


८ चैत, धादिङ  –

धादिङ प्रहरीले जिल्लाको पृथ्वी राजमार्ग अन्र्तगत गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारबाट एक सय ६४ किलो चरेशसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका मरेठ जिल्ला मरेठसिटि लिसारी गेट थाना बस्ने २३ वर्षीय मौ महताव छन् ।

काठमाडौँदेखि भारतको मजहफपुर नगर सामली उत्तर प्रदेश जाँदै गरेको युपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय गजुरीले शुक्रबार बिहान चरेश फेला पारेको हो । ट्रकको क्याविनको माथिल्लो भागमा आठ वटा प्लास्टिकको बोरामा राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिईने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसारको मुख्य नाका बनेको छ ।

हरेक हप्ताजसो प्रहरीले अवैध मानिने यस्ता लागुऔषध बरामद गर्ने गरेको छ। पृथ्वी राजमार्गलाई मुख्य ट्रान्जिट बनाउँदै लागुऔषध ओसारपसार बढ्दै छ ।

२०७५ चैत ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: