Wed. Sep 11th, 2024

भूकम्प पिडित सल्यानटारका स्थानीयलाई राहत सामग्री वितरण

IMG_0857
धादिङ – महाभुकम्पबाट पिडित धादिङको सल्यानटारका स्थानीयलाई दाङका उद्योग वाणिज्य संघहरुले राहत वितरण गरेको छ ।

यहि बैशाख १२ गते गएको महाभुकम्पबाट पिडित धादिङ जिल्लाको सल्यानटार गाउँ विकास समितिको वडा नम्वर ८ र ९ का ४ सय ६५ घरधुरीलाई राहत सामग्री वितरण गरिएको छ ।

दाङ जिल्लाको ४ वटा उद्योग वाणिज्य सघंले बिहिबार ५ लाख ५९ हजार ७ सय ५१ रुपैयाँ बराबरको राहत रामग्री संयुक्त रुपमा वितरण गरेको हो । राप्ति उद्योग वाणिज्य सघं, देउखुरी उद्योग वाणिज्य सघ, गढवा उद्योग वाणिज्य सघं, र नारायणपुर उद्योग वाणिज्यसंघले प्रतिघर १ थान त्रिपाल, १० किलो चामल, १५ ओटा अण्डा, १ किलो नुन, १ किलो चिउरा, सोयाबिन, साबुन लगायतका राहत सामग्री उद्योग वाणिज्य सघंका पदाधिकारीहरु स्वयंमले वितरण गर्नुभएको हो ।

About The Author

अन्य समाचारहरु: