Mon. Aug 26th, 2019

पढेको कुरा याद हुँदैन ? : यसरी गरौं परिक्षाको तयारी


अस्मिता खतिवडा –

एस.इ.इ परिक्षा २०७५ आउनै लाग्यो । कक्षा १० मा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु यतिबेला परिक्षाको तयारीमा व्यस्त हुनुहुन्छ । परिक्षा नजिकिंदै गर्दा कतिपय विद्यार्थीहरु त यसै होप लेस पनि हुन्छन् । मतलब, पढेको केहि याद नै हुँदैन । पढेका कुराहरु कसरी सम्भ,ने त ?, थारै समयमा कसरी धेरै कुरा याद गर्ने ? विद्यार्थीको मनमा सलबलाउने महत्वपुर्ण प्रश्न हो यो । पढेपछि पास मात्रै होइन, पहिलो नै हुने जो कोहीलाई पनि मन हुन्छ । तर सबैको इच्छा पूरा हुन सक्दैन । जति पर्दा पनि परीक्षाका बेला पढेको कुरा लेख्न नसक्दा परिक्षार्थीले सोचेको जस्तो नम्बर नआउने, कोही फेल नै पनि हुन सक्छन् । यसले गर्दा विद्यार्थीहरु चिन्तित हुन्छन् । त्यसैले अब पढ्ने तरिका बदल्नु पर्छ । धोत्लिएर रातो दिन पढ्नु भन्दा पढेको कुरा सम्झनु पनि महत्त्वपूर्ण हुन्छ । पढेको कुरामा चासो दिने र पढेको कुरा बुझ्ने प्रयास गर्नुपर्छ । पूरा ध्यान दिन जे पढ्दैछौं त्यसमा गहिरो चासो लिनै पर्छ । पढ्ने बेला तपाईंको ध्यान अन्तै छ भने पढेको कुरा याद गर्न सकिन्न ।

विद्यार्थीले अध्ययन गर्दा हरेक शब्दलाई चित्रमा ढालेर पढ्नुपर्छ । हरेक कुरालाई फरक तरिकाले सोच्नुपर्छ। एकोहोरो रटेर हुँदैन । त्यसरी पढेको केहिदिन पनि टिक्दैन । रटेर पढ्दा दिमागमा घुस्दैन । त्यसैले हरेक शब्दलाई कोडिङ गरेर पढ्नुपर्छ । कुनै पाठ गाह्रो लाग्छ भने त्यसलाई केहि कुरामा लिंक गरेर पढ्नुपर्छ । जस्तो तपाईंले कुनै गाह्रो पाठ पढिरहनुभएको छ भने, त्यसलाई रमाइला कुरा, चीज, घटनासँग जोडेर पढ्नुपर्छ । निद्रालाई असर पर्ने गरी अध्ययन गर्नुहुँदैन । बिहान चाँडै उठ्नपनि अलार्मको प्रयोग गर्नु हुँदैन । निद्रा पुग्ने गरी सुत्नुपर्छ । एक घन्टा पढ्दा २० मिनेट आराम गर्नुपर्छ । योगा र ध्यानले दिमागलाई तेजिलो बनाउँछ । पालुंगोको साग, बदाम, ओखरले दिमागको स्मरणशक्ति बढाउँछ । त्यसैले खानामा यस्तो खाद्यको प्रयोग बढाउनुपर्छ । फाष्ट फुडको प्रयोग गर्नु हुँदैन । यसले स्मरणशक्ति घटाउँछ । सकेसम्म रातिभन्दा बिहान पढ्ने बानीको विकास गर्ने । राति अक्सिजन कम हुँदै जाने कारण पढेको सम्झन गाह्रो हुन्छ । विहान ४ बजेदेखि विहानको ९ बजेसम्म पढ्ने उत्तम समय हो । अध्ययन गर्दा मस्तिष्कलाई नियन्त्रण गर्न खोज्नु हुँदैन । दिमागलाइ जवरजस्त आफुले पढेको कुरामा ध्यानमा लगाउनु हुँदैन । निरन्तर पढ्ने गर्नुपर्छ । कुनै कुरामा आफुले पढेको कुरा जोड्ने हो भने दिमागले अरु कुरा सोच्न भ्याउँदैन । ढाड सीधा गरेर पढ्ने । यसले तपाईंको स्वास्थ्यमा नराम्रो असर गर्छ । उत्तानो परेर वा घोप्टो परेर पढ्नु हुँदैन । यसले एकातर्फ स्मरण शक्ति घटाउँछ भने अर्कोतर्फ तपाईंको आँखालाई गम्भीर असर पुर्याउंछ । सकेसम्म अलार्मको प्रयोग नगर्ने । अलार्मले जबर्जस्ती उठाउँछ । बिस्तारै निद्राबाट आफैँ उठ्नुपर्छ । जवरजस्त उठ्दा तपाईंको दिमागलाइ सीधा असर गर्छ । यसले तपाईंको आँखालाई पनि असर गर्छ । सकेसम्म उठ्ने र सुत्ने एउटै तालिका बनाउनुपर्छ ।
यस्ता छन् पढ्ने केही तरिकाहरु ः

१. अन्डरलाइन गरेर पढ्ने
कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफूलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ ।

२. आफ्नो नोट आफैँ बनाउने
धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधि सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।

३. लेख्ने पूर्वाभ्यास
पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटि अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।

४. सट्कर्ट बनाएर पढ्ने
कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । विज्ञान, अर्थशास्त्र र गणितका सूत्रहरु सम्झन सट्कट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पोइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।

५. महत्त्वपूर्ण कुराहरू मनन गर्ने
पढेको कुरा फेरि दोहोरÞ्याउने र अरूलाई त्यो बताउने मौका पाए नछोड्ने । महत्वपूर्ण कुरामा मनन गर्नु फाइदाजनक हुन्छ भन्ने बुझ्नु पर्छ ।

६. प्रयोगात्मकमा ध्यान दिने
पढ्ने विषय पुरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । मानौँ नेपालीको विद्यार्थीले कथा, कविता लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरूले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।

७. प्रश्नोत्तर गर्ने
साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरूमा हुन्न । सानो टिम बनाउने, फर्मुला, पोइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्ने, यसले गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।

८. साथीहरूसँग पर्याप्त छलफल गर्ने
पढ्दा पढ्दै कुनै टपिक्स बुझिँदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो । समूह बनाएर आ–आफूले रुचिको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्यारा विषय समेत सहज बन्छन् ।

९. टाइम टेबल बनाउने
बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन । कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ ।

१०. चार्ट बनाएर पढ्ने
धेरैजसो पढाइमा टप गरेका व्यक्तिको पढाई शैली हेर्दा उनीहरूले चार्ट बनाएर पढ्ने गरेको देखिन्छ । जस्तै करबारे पढ्दा करको परिभाषाका प्रकारलाई चार्ट बनाएर पढ्दा सहजै सम्झन सकिन्छ ।

पक्कै यस दुुनियाँमा परीक्षालाई रमाइलो मान्ने विद्यार्थी भेट्टाउन निकै कठिन छ । तर सही तरिका समातेर गरिएको परीक्षा तयारीले उत्कृष्ट नतिजा दिने गरेको विभिन्न अध्ययनले देखाएको छ । जुुनसुुकै तहको परीक्षा तयारी गरिरहेका भए पनि विद्यार्थीले तयारीअघि केही यस्तो तरिका समात्नुुपर्छ जसले उनीहरूलाई परीक्षामा आनन्द प्रदान गर्नुुको साथै सोचेजस्तै नतिजा ल्याउनसमेत मद्दत गर्दछ ।
अध्ययनका लागि पर्याप्त समय
परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई परीक्षा आउनुुभन्दा अन्तिम एक मिनेट पनि निकै महत्वपूर्ण हुुन्छ । त्यसैले विद्यार्थीले सबैभन्दा पहिला आफूले दिनुुपर्ने परीक्षा कतिवटा छन् र ती परीक्षामध्ये कुुन विषयलाई कति समय दिने भन्ने योजना विद्यार्थीले पहिले नै बनाउनुुपर्छ । कहिलेकाहीँ कुुनै विषयलाई धेरै समय र कुुनैलाई थोरै समय पनि दिनुुपर्ने हुुन्छ । यसको हिसाब तयारीको योजना बनाउने बेलामा गर्नुुपर्छ । यसो गर्नाले विद्यार्थीलाई आनन्द प्रदान गर्नुुका साथै सोचेजस्तो नतिजासमेत प्रदान गर्दछ ।
अध्ययन कक्षमा पर्याप्त स्थान
परीक्षाको तयारीका लागि होस् अन्य जुुनसुुकै विषय अध्ययन गर्न बसेका विद्यार्थीका लागि पनि अध्ययन कक्ष पर्याप्त हुुनुुपर्छ । अध्ययनका क्रममा विद्यार्थीले आवश्यकताअनुुसार प्रशस्त किताब र कापी प्रयोग गर्नुुपर्ने हुुन्छ । प्रयोगका क्रममा यी सामग्रीहरू यताउति छरिन्छन् । यो सामान्य कुुरा हो । यसका लागि स्थान पर्याप्त स्थान चाहिन्छ । अध्ययन कक्षमा कम्प्युुटर, बत्ती, कुुर्सी आदि सामग्रीलाई सजिलो हुुनेगरी राख्नुुपर्छ । कोही विद्यार्थी अध्ययनका क्रममा गीतसंगीत बजाउने बानी परेका हुुन्छन् । कुुनै विद्यार्थी अत्यन्त शान्त भएर बस्ने हुुन्छन् ।
चार्ट र डायग्रामको प्रयोग
कुुनै विषयवस्तुु पढ्दा श्रव्यदृश्य सामग्रीले सम्झन निकै सहयोग र्पुयाउँछ । यदि यस्तो उपकरण नभएको खण्डमा महत्वपूर्ण विषयलाई चार्ट वा डायग्राममा उतारेर राख्नुुपर्छ । जसलाई आफूले चाहेको र सम्झन खाजेको अवस्थामा सहजै हेर्न सकियोस् ।
पुुराना प्रश्नपत्रको अध्ययन
परीक्षा तयारी गर्दा विद्यार्थीले सधैं सम्झनुुपर्ने विषय हो, पुुराना प्रश्नपत्रको अध्ययन । यसो गर्दा परीक्षाको कस्तो फरम्याटमा आउँछ रु उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरू बढी महत्वपूर्ण हुुन्छन् भन्ने जान्न सहज हुुन्छ । कस्तो प्रश्नलाई कति समय दिएर लेख्ने भन्ने जान्न पनि यसले सहयोग र्पुयाउँदछ ।
आफूले जानको कुुरालाई साथीभाइलाई भन्ने
भनाइ नै छ, विद्यार्थीलाई सिक्नको लागि पुुस्तक अध्ययन गरेरभन्दा आफूले जानेको कुुरा अरूलाई भन्दा बढी प्रभावकारी हुुन्छ । त्यसैले साथी, दाजुुभाइ, दिदीबहिनी वा आमाबाबुुलाई नै भने पनि आफूले पढिरहेको विषयको प्रश्न आफैंलाई सोध्न लगाउने गर्नुुपर्छ । यसो गर्दा सम्झन कठिन भएको विषय स्पष्ट हुुने र परीक्षामा लेख्न अल्मलिने समस्याबाट मुुक्ति पाइन्छ ।
समूहगत अध्ययन गर्ने
परीक्षा तयारी गर्दा साथीभाइसँग पर्याप्त भेटघाट गर्नुुपर्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले अन्य साथीलाई सोध्न सकिन्छ । यसो गर्दा पनि पढेको कुुरा स्पष्टसँग बुुझ्न सकिन्छ । त्यसबाहेक साथीबाट नयाँ जानकारी पाउन पनि सकिन्छ ।
नियमित ब्रेक लिने
कुुनै मानिस म्याराथनको तयारीमा लागेको छ भने उसले २४ घन्टा नै दौडन सक्दैन र दौडनुु पनि हुुँदैन । यसैगरी परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुुस्तक र नोट बुुकमा मात्र केन्द्रित हुुनुु पनि हुुँदैन । यसले गर्दा उनीहरूलाई दौड परीक्षा आयो भन्दैमा दिन रात नभनी पढाइमा मात्र केन्द्रित हुुनुुहुुँदैन । नियमित रूपमा ब्रेक लिनुुपर्छ ।रातमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुुपर्छ । जुुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुुपर्छ । यसबाहेक उनीहरूले नियमित पानी पिउने, हलुुका खानेकुुरा खाने गर्नुुपर्छ ।

एसइइ असफलताको प्रत्यक्ष क्षतिको भागीदार विद्यार्थी भए तापनि परोक्ष रूपमा अन्ततोगत्वा समग्र राष्ट्रलाई नै दूरगामी असर पर्छ । फलामे ढोकाको रूपमा चित्रित एसइइ परीक्षामा अधिकतम ग्रेड ल्याएर उत्कृष्ट स्थान हासिल गर्न परीक्षार्थीले आफ्नो अध्ययनलाई घनिभूत पारिराखेका छन् । उनीहरूको परीक्षा तयारीलाई अझ सशक्त र प्रतिफलमुखी बनाउन कठिन महसुस गरिएका विषयलाई अलि बढी महत्व दिंँदै सबै विषयलाई समानुपातिक रूपमा अध्ययन गर्नेगरी दैनिक समयतालिका बनाएर नियमित रूपमा अध्ययन गर्नुपर्छ । सहपाठीहरूको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानी बसाल्नुपर्छ । पढाइको साथसाथै विगतका प्रश्नहरूको तोकिएको समयमा सक्नेगरी उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर सल्लाह लिन अल्छी गर्नुहुन्न । परीक्षालाई हाउगुजीको रूपमा नलिई सहज र स्वाभाविक रूपमा दिने मनस्थिति बनाउनुपर्छ । मानसिक एवं शारीरिक क्षमताभन्दा बढी थकान हुनेगरी अनिँदोसमेत बसेर लगातार पढ्दा स्मरणमा ह्रास आउँछ र आफूले सोचेजस्तो जाँच दिन सकिन्न । परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउंँछ भन्ने दृढविश्वास एवं उच्च मनोबलको साथ परीक्षाहलमा प्रवेश गर्नुपर्छ । विषय अनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदिको तयारी घरबाट हिँड्नु अगाडि नै जाँच गरेर बोक्नुपर्छ ।

प्रश्नहरू सबै सरसर्ती पढिसकेपछि आफूलाई धेरै आउने प्रश्न पहिला गर्ने र त्यही क्रममा नआउने प्रश्नहरूलाई पछि गर्दा कतिपय प्रश्नका उत्तर पछि सम्झिन सकिन्छ साथै समयको बचत पनि हुन्छ । प्रश्नले मागेको उत्तर यकिन भएपछि प्रश्नको प्रकृति र तोकिएको अंकभार तथा समयलाई मध्यनजर राखेर मौलिकता झल्किनेगरी बुँदागत रूपमा सफा र शुद्धसँग लेख्नुपर्छ । सबै प्रश्नका उत्तरहरू लेखिसकेपछि बाँचेको अन्तिम समयमा लेखेको उत्तरलाई सरसर्ती पढेर छुटपुट केही भए सच्याउनुपर्छ । एसइइ परीक्षालाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्त्व रहन्छ । छोराछोरीलाई अनावश्यक दबाब नदिने, उनीहरूको आहारविहारलाई स्वस्थकर बनाउने, पढ्ने–लेख्ने सामग्री तथा बस्ने स्थानको सहजता प्रदान गर्ने र उत्साह र ढाडस दिएर मर्या्दित रूपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी हो । जसले विद्यार्थीलाई एक्जामफोविया हुनबाट बचाउँछ । यस मानेमा एसइइ अभिभावकको लागि पनि एक समझदार अभिभावक भए–नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला । त्यस्तै विद्यालयले पनि विद्यार्थीको रुचि, क्षमता अनुसारको विषयको छनोट तथा परीक्षालाई सहज रूपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनुपर्छ । विद्यार्थीको वैयक्तिक विभिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यथार्थता हो । किनकि एसइइ नतिजाको आधारमा विद्यालयको छवि सरकार र समुदायमा कायम हुने भएकाले विद्यालयले आफनो हैसियत र स्तर उच्च राख्ने सुनौलो अवसर हो ।

तसर्थ आफ्ना विद्यार्थीको उपलव्धिस्तर उच्चतम बनाउन अधिकाधिक सकारात्मक प्रयास गर्नुपर्ने हुन्छ । प्रश्नपत्र निर्माणमा वैज्ञानिकता, वस्तुनिष्ठता तथा गुणस्तरीयताले पनि परीक्षाको नतिजालाई असर पार्छ । व्यवस्थित, मर्या्दित, निष्पक्ष, स्वच्छ र सौहार्द वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरूले परीक्षार्थीलाई गर्ने व्यवहारबाट परीक्षाको गुणस्तरीयताको निक्र्योल गर्छ । एसइइ परीक्षा प्रत्यक्ष रूपमा विद्यार्थीका लागिमात्र फलामे ढोका भएजस्तो लागे तापनि परोक्ष रूपमा राज्यले विद्यालय शिक्षासम्बन्धी अख्तियार गरेको नीति–नियम तथा कार्यक्रम जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान र्पुयाए भन्ने कुराको यकिन गर्ने एक सशक्त सूचक विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसइइ विद्यार्थीका लागिमात्र परीक्षा नभएर सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावक लगायत सरोकारपक्षको पनि परीक्षा हो । एसएलसी असफलताको प्रत्यक्ष क्षतिको भागिदार विद्यार्थी भए तापनि परोक्ष रूपमा अन्ततोगत्वा समग्र राष्ट्रलाई नै दूरगामी असर पर्छ । यसको सही विश्लेषण र व्याख्या गरी आआफनो जिम्मेवारी र जवाफदेहिता बहन गर्न ढिलो भैसकेको छ । एसइइलाई मर्या्दित एवं अनुशासित रूपमा सञ्चालन गर्न सबै क्षेत्रबाट इमानदारीपूर्वक आआफ्नो भूमिका निर्वाह गर्न सक्यौं भने विद्यार्थी कर र डरले नभई रहरले परीक्षा दिन उत्साहित हुन्छन् । अनि एसइइलाई फलामे ढोका नभएर स्वणिर्म ढोकाको रूपमा स्थापित गर्न सकिन्छ ।

२०७५ चैत १० गते प्रकाशित

Loading...