Fri. Mar 29th, 2024

जिल्ला होटल संघले गरेको धादिङ महोत्सबवाट पाँच करोडको कारोबार

१४ चैत, धादिङ-

जिल्ला होटल संघ धादिङले फागुन १७ देखी २७ गते सम्म गरेको धादिङ महोत्सबवाट ५ करोड बरावरको कारोबार गरेको छ ।
धादिङ जिल्लाको भौगोलिक सास्कृतिक विविधतायुक्त जिल्लाको पहिचान गराउने उदेश्यले गरिएको महोत्सबबाट उक्त रकम करोबार गर्न सफल भएको हो ।

कारोकार भएको रकमबाट जिल्ला होटल संघले ६ लाख ३३ हजार रुपयाँ नाफा गर्न सफल भएको अध्यक्ष रामकुमार श्रेष्ठले बताए । फाईदा भएको रकम शव वाहन किन्नको लागि खर्च गरिने उनले बताए ।

जिल्ला होटल संघद्धारा महोत्सब सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिई आगामी दिनहरुमा जिल्लाको पहिचान झल्कने खालका कार्यक्रमहरु लेराउने बताएका छन् ।

२०७४ चैत १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: