Sat. Jul 20th, 2019

यमाहाको बाइक किन्दा धादिङका दुईजनालाई सुनको सिक्का


२३ चैत, धादिङ –

यमाहाको बाइक किन्दा धादिङका दुईजनाले सुनको सिक्का पाएका छन् । ज्वालामुखी गाउँपालिकास्थित चैनपुरका नवीन दनै र नीलकण्ठ नगरपालिका वडा नं ८ का भीमसेन अधिकारीले सुनको सिक्का पाएका हुन् ।

नयाँ वर्षको अवसर पारेर यमाहा कम्पनीले ग्राहकलाई ल्याएको नयाँ अफर सहितको विशेष आकर्षक योजना अन्र्तगत ५ ग्रामको सुनको सिक्का पाएका हुन् । लक्की ड्र मार्फत विजेता घोषित गरिएको यमाहा धादिङका लागि आधिकारीक विक्रेता श्री मण्डली अटो सेन्टरका प्रमुख चन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यमाहा कम्पनीका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरुलाई विभिन्न समयमा आकर्षक योजना ल्याएको कम्पनीले सुनौलो २०७६ नामक योजनाको श्रृंखला शुरु गरेको हो । सुनौलो योजना अन्तरगत एकसाता भित्र मोटरसाइकल खरिदकर्ताहरु मध्येबाट १ जनालाई सुनको सिक्का पक्का पर्नेछ ।

यमाहाको ‘नयाँ वर्ष योजना’ले ल्याएको अफरमा सहभागी हुदै सुनको सिक्काले नयाँ वर्षको उल्लास संगै परिवारमा थप खुशी ल्याउने विजेता श्रेष्ठले बताए ।

२०७५ चैत २३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: