Fri. Mar 29th, 2024

धादिङ जिल्ला खुल्ला दिशामुक्त घोषणा


२४ माघ, धादिङ –

धादिङ जिल्लालाई घुल्ला दिशामुक्त जिल्लाको रुपमा घोषणा गरिएको छ । आइतबार सदरमुकाम धादिङबेसीमा कार्यक्रमको आयोजना गरि कार्यक्रमका प्रमुख अतिथि धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीले देशकै ६५ औँ जिल्लाको रुपमा दुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको हो ।

जिल्लामा रहेको २ नगरपालिका र ११ वटा गाउँपालिकाको सम्पुर्ण घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आईसकेकोले जिल्लालाई नै खुला दिशामुक्त जिल्ला घोषणा गरिएको आयोजित कार्यक्रममा जानकारी गराइएको छ । हालसम्म जिल्ला भरमा ८५हजार ९१ ओटा निजि शौचालय निर्माण भई प्रयोगमा आईरहेका छन् ।

खुला दिशामुक्त जिलला घोषणा गर्नु अघि जिल्लामा रहेका स्थानीय तहमा शौचालयको अबस्थाबारे क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण टोलीबाट अनुगमन गरिएको थियो । यसक्रममा सबैको सुरक्षित चर्पीमा पहुंच र उचित प्रयोग तथा मर्मत संभार भएको, खुला दिसा कहीं कतै नरहेको र नदेखिएको, चर्पी निर्माण, प्रयोग, मर्मत तथा संभार र अन्य सरसफाई सम्बन्धी ज्ञान दिलाउने तथा झक्झक्याउने सरसफाई सूचक बोर्ड समुदायका आवश्यक स्थानमा राखिएको, विभिन्न स्थानहरुमा प्रतिवद्धता खुलाइएको, खुला दिसामुक्त क्षेत्र लिखित होर्डिङ बोर्ड राखिएको, ठिक प्रकारले हात धुने बानी (खाना तयार गर्नु अघि, खाना खानु अघि वा बच्चालाई खुवाउनु अघि, चर्पी प्रयोग गरेपछि र कुनै पनि फोहर वस्तु छोएपछि सावुन पानीले हात धुने गरेको) अपनाइने गरेको, जिल्लामा सरसफाइ र पानीजन्य रोगमा कमी आएको लगायतका सुचकहरु पाइएको छ ।


कार्यक्रमको अवसरमा जिल्लालाई खुल्ला दिशामुक्त बनाउन भूमिका निर्वाह गर्ने संघसंस्था, संचारमाध्यम तथा अभियान्ताहरुलाई सम्मान गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा सांसद डाक्टर राजाराम कार्की, राष्ट्रिय खानेपानी तथा सरसफाई स्वच्छता समितिका सदस्य सचिव डाक्टर देवेन्द्र झा, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

खुला दिसामुक्त जिल्ला घोषणा पश्चात सरोकारवालाहरुको सहकार्यमा पूर्ण सरसफाईका ५ं१ विषयहरु र यस संग सम्बन्धीत सूचकहरुमा विशेष जोडका साथ पूर्ण सरसफाइ युक्त बनाउन पूर्ण सरसफाई सम्बन्धि रणनीति तयार गरी अघि बढ्ने बताइएको छ ।

२०७५ चैत २४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: