Sat. Jul 20th, 2019

सिद्धलेक गाउँपालिकाद्धारा किसानलाई ५० प्रतिशत अनुदानमा मिनि टेलर वितरण


२७ चैत, धादिङ –

धादिङको सिद्धलेक गाउँपालिकाले किसानहरुलाई मिनि टेलर प्रदान गरेको छ । कृषिमा आधुनिकिकरण र व्यावसायीकरण गराउने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा मिनि टेलर प्रदान गरेको हो । गाउँपालिकाभित्र रहेका किसानहरुलाई ६१ वटा मिनि टेलर वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

आधुनिक प्रविधिसँगै खेतबारी जोत्नका लागि हलो छाडेर आधुनिक उपकरणहरुको प्रयोग गर्न थालेका छन् । किसानहरुको माग अनुसार सामग्री वितरण गरिएको सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण भट्टराईले जानकारी दिए ।

मिनि टेलरबाट खेतबारी जोत्न तथा पानी तान्न मिल्छ । ५० प्रतिशत अनुदान र ५० प्रतिशत अर्थात किसानहरुले १६ हजार ७ सय ५० रुपैँयामा मिनिटेलर पाएका छन् । प्रेट्रोल लाग्ने मिनिटेलरमा एक घण्टामा एक लिटर तेल लाग्ने छ । कम समय र छिटो छरितो रुपमा काम सकिने भएपछि किसानहरु खुसी भएका छन् । गाउँमा खेलता र गोरु नपाएर खेत बाँझो राख्नु पर्ने समस्या हल भएको किसानहरुको भनाई छ ।

गाउँपालिकाले किसानहरुलाई जमिन बाँझो नराख्न आग्रह गरेको छ । सोही अनुरुप किसानहरुको हितलाई मध्यनजर गरी कृषिमा आधुनिकरण गर्नको लागि मिनि टेलर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिए । गाउँपालिकाले गतबर्ष पनि ४६ वटा मिनिटेलर वितरण गरेको थियो । अब १० वटा ल्याउने तयारीमा रहेको सिलवालले जानकारी दिए ।

२०७५ चैत २७ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: