Fri. Mar 29th, 2024

धादिङको सलाङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण


२७ चैत, धादिङ –

धादिङको सिद्धलेक गाउँपालिका वडा नं ३ मा रहेको सलाङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरिएको छ ।

सिद्धलेक गाउँपालिका र हुमनारायण श्रेष्ठ स्मृति संस्थानबाट १२ लाखमा एम्बुलेन्स संचालनमा ल्याइएको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले पाविलन्यूज डटकमलाई जानकारी दिए । बुधबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाका अध्यक्ष सिलवालले हस्तान्तरण गरे । एम्बुलेन्स हुमनारायण श्रेष्ठ स्मृति संस्थानबाट संचालन हुने जानकारी गराइएको छ ।

स्वास्थ्य सेवा नपाएकै कारण कोही जनताले अकालमै ज्यान गुनाउनु नपर्ने र स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज होस् भनेर एम्बुलेन्स खरिद गरिएको अध्यक्ष सिलवालले जानकारी दिए ।

बिरामी भएपछि अस्पताल पुग्न समस्या झेल्दै आएका सलाङबासीका बासिन्दाले अब त्यो समस्याबाट छुटकारा पाएका छन् । गाउँमै एम्बुलेन्स उपलब्ध भएपछि स्थानीय बासिन्दा दंग परेका छन् ।

गाउँपालिका भर दुई वटा एम्बुलेन्स संचालनमा छन् । ३ वटा स्वास्थ्य चौकी र पाँच वटा स्वास्थ्य विन्दुबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको अध्यक्ष सिलवालले जानकारी दिए ।

२०७५ चैत २७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: