Sat. Jul 20th, 2019

धादिङको गजुरीमा दुर्घटना हुदाँ मोटरसाइकल चालकको मृत्यु, एकजना घाईते


३० चैत, धादिङ –

पृथ्वी राजमार्ग स्थित धादिङको गजुरी गाउँपालिका वडा नं २ बिहानी पेट्रोल पम्प नजिकै शनिबार बिहान बसले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

चितवनबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ७४६५ नम्बरको बसले विपरित दिशातर्फ जादै गरेको बा ७४ प ६७६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक गोरखा जिल्ला भिमसेन गाउँपालिका वडा नं १ बस्ने २० वर्षका अनिष बानियाँको मृत्यु भएको छ । टाउकोमा गम्भीर चोट लागी घाईते भएका उनको प्राथमिक स्वास्थ केन्द्र गजुरीमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँ लगिएको थियो । उपचारका लागि काठमाडौँ लगिएपछि गम्भीर भएपछि धुनीबेसी नगरपालिकास्थित शिवदर्शन अस्पताल लगिएको थियो । उपचारका क्रममा अस्पतालमा नै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाईकल पछाडी बसेका गोरखाको सिरानचोक गाउँपालिका वडा नं ६ बस्ने २५ वर्षका शिव पुडासैनी घाईते भएका छन् । उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

२०७५ चैत ३० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: