Fri. Mar 29th, 2024

धादिङको पाल्दोर हिमालको सफल आरोहण


५ बैशाख, धादिङ –

५ हजार ९ सय ३ मिटरको उचाईमा रहेको धादिङ जिल्लाकोे पाल्दोर हिमालको आरोहीहरुले सफल आरोहण गरेका छन् । जिल्लाको पर्यटन विकासका लागि ७ जना कोरियन र २ जना मंगोलियन र ५ जना नेपाली आरोहीले गणेश हिमाल छेउमा रहेको पाविल पाल्दोर (पाविल) हिमालको सफल आरोहण गरेका हुन् ।

दक्षिण कोरियाका आरोही साङग लि हाको नेतृत्वमा अप्रिल ७ मा ९ जना कोरियाली र २ मंगोलियन नागरिक र ५ जना नेपाली सहित १६ जनाले उक्त हिमालको आरोहणमा गएका थिए । दुई जना कोरियाली भने हाइक्याम्पसम्म मात्र पुगेका थिए ।

एशिया पर्वतारोहण महासंघले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा यस पटक नेपालका हिमाल आरोहण गर्ने गत वर्ष नै गरेको निर्णयका आधारमा प्याल्दोर हिमाल छनोट गरी आरोहणको निर्णय गरेको गणेश हिमाल पर्यटन विकास समितिका पूर्व अध्यक्ष कुलबहादुर गुरुङले जानकारी दिए । ‘धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमाल छेउमा रहेको पाविल पाल्दोर (पाविल) हिमालको सफल आरोहण गरेका हौँ’ अध्यक्ष गुरुङले भने, ‘आरोहण टोलीले पाल्दोर हिमाल चुचुरोमा पर्यटन वर्ष २०२० को लोगो अंकित झन्डा र यूएएएको झन्डा पहराएका हुन् ।’

आरोहण टोली चैत २४ मा काठमाडौंबाट हिँडेर धादिङको गल्छी, नुवाकोट, रसुवा स्याफ्रुबेसी, गत्लाङ, सोम्दाङ, रुबीभ्याली हुदै ५ हजार ९ सय ३ मिटरको उचाई रहेको पाल्दोर पिक पुगी २०७६ वैशाख २ मा काठमाडौं फर्किएका हुन् । यूएएए टोलीले संयूक्त रूपमा आरोहण गरेको यो दोस्रो पटक हो । यसअघि सन् २०१० मा पाल्दोरमै संयुक्त आरोहण गरिएको थियो । संयुक्त आरोहण गर्दा एकअर्काका सीप तथा कला सिक्ने अवसर पनि पाउने गुरुङको भनाई छ । पाल्दोक हिमालमा हालसम्म ३०० भन्दा बढी आरोहीले आरोहण गरिसकेको पर्वतारोहण महासंघको तथ्याङमा उल्लेख छ ।

२०७६ बैशाख ५ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: