Fri. Dec 6th, 2024

पहिरोले १५ गाविस जोड्ने बाटो अवरुद्ध

IMG_0950

धादिङ – बैशाख १२ गते गएको भूकम्पले आरुघाट–सिर्दिवास खण्डमा खसेको पहिरोले १५ गाविस जोड्ने सडक अवरुद्ध भएको छ ।

दुई साता बितिसक्दा पनि पहिरो हटाउन नसक्दा आवतजावत र अत्यावश्यक सामग्री ढुवानी गर्न अप्ठ्यारो भएको छ । लापु लिदिङको हावाडाँडादेखि उहिया तातोपानीसम्म धेरै ठाउँमा पहिरो खसेर बाटो अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ ।

थुमीको आर्खेत, लापुबेसी, गुम्दाको खानीबेसी, माछीखोला र तातोपानी हुँदै सिर्दिवासको जगत पुग्ने छोटो बाटो अवरुद्ध भएको हो । यसले गर्दा स्थानीयबासी थुमीको सोतीबाट मान्वुको धुन्चेत, काशीगाउँको यार्सा, केरौंजाको रुन्चेत, हुल्चोक र यारुबगर हुँदै लामो बाटो जगत सिर्दिवास निस्कने गरेका छन् । ‘एक दिनको बाटोमा तीन दिन लगाएर घुमेर जानुपर्छ,’ गुरुङले भने । पहिरोका कारण उहिया, मान्वु, काशीगाउँ, केरौंजा, सिर्दिवास, चुम्चेत, छेकम्पार, बिही, प्रोक, ल्हो र सामागाउँ जोड्ने बाटो अवरुद्ध भएको हो ।

व्यवस्थित सडक संजालमा नजोडिएका ती गाविसमा भूकम्पअघि पनि खच्चडबाट गाउँलेलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तु ढुवानी हुने गरेको थियो । पहिरोपछि आउजाउ हुन नसकेको आरुघाटका प्रहरी निरीक्षक रवीन्द्र खनालले जानकारी दनिुभयो । बाटो पुरिएपछि बैकल्पिक रुटबाट यात्रा गर्न समेत निकै कष्टकर भएको स्थानीयहरुको गुनासो छ ।

About The Author

अन्य समाचारहरु: