Thu. Jun 13th, 2024

सहकारीले दिए भुकम्पपिडितलाई खाद्यन्न

rahat khani gau

धादिङ – धादिङको निलकण्ठ नगरपलिकाको खानिगाँउ, जयन्ती डाँडा र पौवाका भुकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ ।

रुपन्देहीको बुटवल बहुउद्देश्यीय सहकारी संस्थाले त्यस क्षेत्रका ३ सय घर परिवारलाई प्रतिघरधुरी एक बोरा चामल सहित नुन, तेल, चिउरा लगायत खाद्यान्न सामाग्री उपलब्ध गराएको हो । भुकम्पबाट प्रभावितहरुलाई केही भएपनी सहयोग पु¥याउने मनसायले सहकारीका शेयर सदस्यहरुसंग संकलन गरिएको रकमबाट राहत उपलब्ध गराईएको सहकारीका अध्यक्ष उदयराज भण्डारीले बताउनुभयो ।

राहत हस्तान्तरण गर्न गाउ पुगेका सहकारीका पदाधिकारीहरुलाई स्थानियहरुले सम्मान गरेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: