Fri. Mar 29th, 2024

नेपालमा पहिलोपटक बर्ड फ्लुबाट मानिसको मृत्यु

१९ बैशाख, काठमाडौँ –

नेपालमा पहिलो पटक मानिसमा बर्डफ्लु देखिएको छ। उक्त बर्डफ्लु ९एच फाइभ एन वान० कारण काभ्रेका २१ वर्षीय एक युवकको मृत्यु भएको छ। नेपालमा मानिसमा बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रमुख शेरबहादुर पुनःले बताए।

ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण देखिएपछि उपचारका लागि अस्पताल पुगेका थिए। पछि स्वास्थ्य जाँच पश्चात परीक्षणको लागि उनको र्‍याल लिइएको थियो। त्यसपछि उक्त र्‍याल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो। उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्‍यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन।

त्यसपछि उक्त नमुना परीक्षणका लागि जापान पठाइएको थियो। उक्त नमुनाको नतिजा बैशाख १७ गते मंगलबार नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु भएको उल्लेख थियो। त्यसपछि आज स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो। ती मृतकको नाम भने खुलाइएको छैन। केही दिनयता हेटौ‌ंडा, काठमाडौं, कास्की लगायतका सहरमा बर्ड फ्लु पुष्टि भई करिब सवा लाख कुखुरासमेत नष्ट गरिएको छ।

२०७६ बैशाख १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: