Fri. Mar 29th, 2024

शिक्षकलाई भूकम्प सम्बन्धी परामर्श

11255131_773863356062348_1796046630_n
धादिङ – विनाशकारी भूकम्पले पु¥याएको क्षतिपछि शैक्षिक वातावरण निर्माणका लागि आइतबार शिक्षकहरुलाई मनोपरामर्श दिइएको छ ।

नेपाल शिक्षक महासंघ, राष्ट्रिय महासमितिले धादिङ जिल्लामा रहेका विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाइ परामर्श दिइएको हो ।
कार्यक्रममा विपदको बेला कस्तो किसिमको शैक्षिक प्रक्रिया अपनाउन सकिन्छ भन्ने विषयमा प्रयोगात्मक तरिकाबाट नेपाल शिक्षक संघका कोषाध्यक्ष एमपी भुषालले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । भूकम्पको समयमा बालबालिकाहरुमा विभिन्न मानसिक समस्याहरु देखा परेको समस्यलाई मध्यनजर गर्दै बालबालिकालाई अस्थायी स्कुलको स्थापनाले नमिठो स्मरण विस्तारै भुल्ने वातावरण सिर्जना गर्न पहल गर्ने कार्यक्रममा बताइएको छ ।

भूकम्पपछि क्षति भएका विद्यालय संचालन गर्न मिल्ने वा नमिल्ने विषयमा जिल्ला शिक्षा कार्यलयसँग समन्वय गरी विद्यालय सुरक्षित भए हरियो र असुरक्षित भएका रातो स्टिकर टाँस गरेर मात्र विद्यालय संचालन गर्न सम्पूर्ण विद्यालयलाई आग्रह गरिएको छ ।

नेपाल शिक्षक संघ धादिङका अध्यक्ष दिपक सिंम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा नोपल शिक्षक महासंघका अधयक्ष रत्नबहादुर ओली, उपाध्यक्ष दल बहादुर विसी, जिल्ला, शिक्षा अधिकारी गणेश प्रसाद ढकाल, शिक्षक युनियन धादिङका अधयक्ष वेदप्रसाद त्रिपाठी लगायतको सहभागीता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: