Fri. Mar 29th, 2024

धादिङको रुविभ्यालीस्थित बोराङमा भीरमौरीको मह खादाँ ७ जना बिरामी


२२ बैशाख, धादिङ –

उत्तरी धादिङको रुविभ्याली गाउँपालिका वडा नं ४ बोराङमा भीरमौरीको मह खादाँ ७ जना बिरामी परेका छन् ।

बिहान साढे नौ बजेतिर मह खादाँ बिरामी परेका हुन् । मह खादाँ सिकिस्त बिरामी परेका कान्छा लामा र तेसमान तामाङलाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ ।

मह खादाँ मोक्ता लामा तामाङ, हिमाल बिक, लालु बिक, सुष्मा तामाङ, मि लामा तामाङ बिरामी परेका छन् । उनीहरुको स्वास्थ्य बिन्दु बोराङमा उपचार भइरहेको बोराङबाट स्थानीय बिजय तामाङले जानकारी दिए । मह खाएपछि काम्ने, लड्ने, वाकवाकी लाग्ने लक्षण देखिएको थियो ।

२०७६ बैशाख २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: