२८ बैशाख, धादिङ – चट्याङ लागेर धादिङमा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
सोमबार साँझ परेको चट्याङले नीलकण्ठ नगरपालिका ११ का २० वर्षिय सुनिल गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चट्याङ लागेर सोही ठाँउका १९ वर्षिय प्रनिशा गुरुङ, २४ वर्षिय शान्ति थापा, र ६० वर्षिय मान बहादुर गुरुङ घाइते भएको प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले जानकारी दिनुभयो ।