Fri. Mar 29th, 2024

अप्टिकल फाईवरको शिलान्यास गर्न प्रधानमन्त्री धादिङ आउँदै


२ जेठ, धादिङ –


अप्टिकल फाईवरको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली धादिङ आउने भएका छन् ।

धादिङको गल्छि गाउँपालिका वडा न. ४ मास्टारमा जेठ ६ गते हुने कार्यक्रममा प्रधानमन्त्री आउने भएका हुन् । नेपाल दुरसंचार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा मध्यपहाडि लोकमार्ग अन्र्तगत प्रदेश नं १, २ र ३ मा उच्च क्षमताको अप्टिकल फाइबर (सूचना महामार्ग) को विस्तार गरिने भएको छ ।

खुसी नेपाली समृद्ध नेपालको परिकल्पनालाई साकार बनाउने अभिप्रायले पूर्व पश्चिम राजमार्गमा अप्टिकल फाइबर बिट्याउन लागिएको संचार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

२०७६ जेठ २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: